Back

ⓘ धनुषकोटी धाम




धनुषकोटी धाम
                                     

ⓘ धनुषकोटी धाम

धनुषकोटि धाम नेपालको झापा जिल्लाको कन्काई नगरपालिकाको एक धार्मिक र पर्यटकीय स्थल हो। यो सुरुङ्गा बजार देखि करिब ३ किलोमीटर उत्तरमा अवस्थित छ भने यसलाई समीपमा रहेका कन्काई नदी र ठुला हरियाली पहाडहरूले अझ शोभायमान बनाएका छन् । साथै त्यहाँबाट अत्यन्त समीपमा रहेको कन्काई नदी पारी दोमुखा अत्यन्त रमणीय तथा पर्यटकीय स्थल पनि रहेको छ। यो हिन्दू धर्मावलम्बीहरूको एक पवित्र तीर्थस्थलको रूपमा परिचित हुदै गएको छ । यसको स्थापना करिब ८ वर्ष पहिला भएको थियो। यहाँ श्रीकिराँतेश्वर महादेवको मन्दिर, विष्णुपादुका दामोदर कुण्ड, शिवलिङ्ग का साथै गणेश, पार्वती, विष्णु लगायत अन्य देवि देवताको प्रतिमा पाइन्छ।