Back

ⓘ वाणगंगा नगरपालिका




वाणगंगा नगरपालिका
                                     

ⓘ वाणगंगा नगरपालिका

वाणगंगा नगरपालिका नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने कपिलवस्तु जिल्लामा अवस्थित एक नगरपालिका हो । सिद्धार्थ क्याम्पस रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । वाणगंगालाई नगरपालिका घोषणा गर्दा यसमा यसको उत्तरी भेग महेन्द्र राजमार्ग आसपास रहेका मोतिपुर, कोपवा, भलवाड, वाणगंगा, गजेहडा र हथौसा गाबिसलाई समेटिएको हो । यो नगरपालिका कपिलवस्तुकै सबैभन्दा ठुलो नगरपालिका हो । यो नगरपालिकामा हाल १७ वटा वडा कायम गरिएको छ । साबिकको वाणगंगा गाविसको वडा नम्बर ७ मा रहेको सिद्धार्थ क्याम्पस क्षेत्र भएको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा वाणगंगा पनि नगरपालिका बनेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन ।

                                     

1. जनसङ्ख्या

मोतिपुर, कोपवा, भलवाड, वाणगंगा, गजेहडा र हथौसा गाविसहरूलाई मिलाएर वाणगंगा नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर वाणगंगा नगरपालिकाको जनसङ्ख्या ६५,५०६ रहेको छ । वाणगंगा नगरपालिकामा १३,८१३ घरधुरि छन ।