Back

ⓘ झाँता




                                     

ⓘ झाँता

झाँता अछाम जिल्लाको बाटुलासैन गाविसमा पर्ने एक गाउँ हो । यो गाउँ बाटुलासैन गाविसको वडा नंवर ७ मा पर्दछ । प्राचिन कालमा बुढेतोला नाम रहेको यो गाउँमा गौतम गोत्रीय झाँती बटाला चन्दहरू आएर बसोवास गरेपछी यस गाउँको नाम झाँता रहन गएको हो । यो गाउँ बटालाहरूकालागि आफैमा एक ऐतिहासिक ठाउँ हो । पछिल्लो समयमा यस गाउँका बटालाका अग्रज तथा वर्तमान समयका युवाहरूको सक्रियताका कारण अहिले झाँता बाटुलासैनकै एक केन्द्रको रूपमा रहेको छ । राजनीतिक, सामजिक, आर्थिक र शैक्षिक हिसाबले यो गाउँ बाटुलासैन गाविसको केन्द्रको रूपमा स्थापित भएको छ ।

                                     

1.1. झाँताका ऐतिहासिक धरोहरहरू नाग ढुङ्गो

झाँता गाउँको दहसैन भन्ने ठाउँमा एक ढुङ्गा रहेको छ जसलाई स्थानियहरू नागढुङ्गो भन्दछन् । प्राकृतिक हिसाबले अत्यन्त अनुपम रूपमा अवस्थित यो ढुङ्गो र यसको तल रहेको प्राचिन ताल जो अहिले पुरीसके पनि केही भागलाई बण्डको रूपमा प्रयोग गरिन्छ यसको संरक्षण गरी धार्मिक महत्त्वलाई उजागर गरी यस क्षेत्रकै महत्त्वपूर्ण धार्मिक स्थलको रूपमा विकास गर्न जरुरी छ ।

                                     

1.2. झाँताका ऐतिहासिक धरोहरहरू डाँडाथाई

झाँता गाउँमा रहेको डाँडाथाई पनि यस गाउँको ऐतिहासिक महत्त्व बोकेको जिउँदो धरोहर हो । अहिले यस ठाउँको अस्तित्व संकटमा परेको छ । यसको संरक्षण र यससँग जोडिएक ऐतिहासिक पक्षको उजागर हुन अति आवस्यक देखिन्छ ।

                                     

1.3. झाँताका ऐतिहासिक धरोहरहरू सात ओखल

झाँता गाउँका सात ओखल किन यस प्रकारका अनौठा ओखलहरू बनाईए? ति ओखलको वास्तविक प्रयोजन के थियो? कसले कुन उदेश्यकालागि यि ओखलहरू बनायो? यिनले बोकेको ऐतिहासिक पक्ष तिनै ढुङ्गाको गर्भमा सिमित छ । त्यो सदियौं देखि उजागर हुने प्रतिक्षामा छ । यि माथि उल्लेखित स्थानहरूका साथै झाँता गाउँमा बाजमारे गडो, सुनपानी धारो, ठुलो खलो र पिपलको रुख रहेका छन् । जसले यस गाउँको ऐतिहासिक महत्त्वलाई उजागर गर्न सक्छन् ।