Back

ⓘ शिवराज नगरपालिका




शिवराज नगरपालिका
                                     

ⓘ शिवराज नगरपालिका

शिवराज नगरपालिका नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने कपिलवस्तु जिल्लामा अवस्थित एक नगरपालिका हो । चन्द्रौटा बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । शिवराजलाई नगरपालिका घोषणा गर्दा शिवपुर, विरपुर, विसुनपुर, चनई र जवाभारी गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा शिवराज पनि नगरपालिका बनेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन ।

                                     

1. जनसङ्ख्या

शिवपुर, विरपुर, विसुनपुर, चनई र जवाभारी गाविसहरूलाई मिलाएर शिवराज नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर शिवराज नगरपालिकाको जनसङ्ख्या ४९,९८८ रहेको छ । शिवराज नगरपालिकामा ८,४४१ घरधुरि छन ।