Back

ⓘ झलारी पिपलाडी नगरपालिका




झलारी पिपलाडी नगरपालिका
                                     

ⓘ झलारी पिपलाडी नगरपालिका

झलारी-पिपलाडी नगरपालिका नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत महाकाली अञ्चलमा पर्नेकञ्चनपुर जिल्लामा अवस्थित एक नगरपालिका हो । झलारी बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । झलारी-पिपलाडी नगरपालिका घोषणा गर्दा झलारी र पिपलाडी गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा झलारी-पिपलाडी पनि नगरपालिका बनेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १९१ भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन ।

                                     

1. जनसङ्ख्या

झलारी र पिपलाडी गाविसहरूलाई मिलाएर झलारी-पिपलाडी नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर झलारी-पिपलाडी नगरपालिकाको जनसङ्ख्या ४२,०२६ रहेको छ । झलारी-पिपलाडी नगरपालिकामा ८,०२५ घरधुरि छन ।

                                     
  • नगरप ल क ब ल र नगरप ल क क ष णप र नगरप ल क प नर व स नगरप ल क ब लड ड नगरप ल क द ध र - च दन नगरप ल क झल र - प पल ड नगरप ल क ब दक ट नगरप ल क क ल ल
  • नगरप ल क ह न प र व झल र प पल ड र द खतभ ल क वड न र गर त न वट ग व स थ ए र त न वट ग व सक वड हर सम य जन भ श क ल फ ट नगरप ल क बन ईएक ह न प ल

Users also searched:

...
...
...