Back

ⓘ देउमाई नगरपालिका




देउमाई नगरपालिका
                                     

ⓘ देउमाई नगरपालिका

स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा इलाममा मंगलबारे र धुसेनी गाउँ विकास समितिहरू लाई समेटेर देउमाई नगरपालिका घोषणा गरिएको हो। देउमाई नगरपालिकाको केन्द्रभने साविकको मंगलबारे बजार रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।

                                     

1. जनसङ्ख्या

देउमाई नगरपालिका मंगलबारे र धुसेनी गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार मंगलबारे र धुसेनी गाविसहरूको जनसङ्ख्यालाई जोड्दा देउमाई नगरपालिकाको कूल जनसङ्ख्या १०,९६४ हुन्छ।

                                     

2. पूर्वाधार

मंगलवारेलाई नजिकैको धुसेनी गाविससँग गाभेर देउमाई नगरपालिका बनाइएको हो। मंगलवारे पश्चिम इलामको प्रमुख व्यापारिक केन्द्र हो। त्यो ठाउँ नगरपालिका हुँदा बजारवासी खुसी भए पनि धेरै जनसङ्ख्या रहेको गाउँका वासिन्दा धेरै खुसी देखिँदैनन्। ऐतिहासिक स्थल तथा व्यापारिक दृष्टिकोणले प्रख्यात देउमाई पूर्वाधारबिनै नगरपालिका घोषणा हुँदा स्थानीयवासी खुसी हुन नसकेका हुन्।