Back

ⓘ अन्धाअन्धी दह




                                     

ⓘ अन्धाअन्धी दह

स्याङ्जाको आधिखोलाको सुरुबात तिखे-चुलीको ठीक तल पर्ने एउटा दह वाट भएको हो। जुन दहलाई अन्धा-अन्धी दह भनेर चिनिन्छ जुन एउटा चिलाउनेबास कै अति महत्त्व बोकेको धर्मिक र एतिहासिक ठाउँ हो साथै यस ठाउँलाई पर्यटकीय गन्तव्य क्षेत्रको रूपमा विकास गर्ने प्रचुर सम्भावनाहरु देखिन्छन। हुन त यस ठाउँको प्रवंर्दनको लागि प्रयासहरु नभएका त होइन तर पनि उचित रूपमा गरिएको देखिदैन। स्थानिय स्तरका क्लवहरु तथा नेपाल सरकारवाट घोशित पर्यटन वर्ष २०११ को लागि स्याङ्जा जिल्लावाट छनोट पनि गरिएको थियो। देशको राजनितिक स्थिरताले गर्दा प्रयटन वर्ष २०११ त्यती सफल भएको देखिदैन। यो ठाउँको सोचे अनुरुप पर्यटकीय गन्त्व्यको रूपमा विकाश गर्न सकिएको छैन । यो ठाउँमा हरेक वर्ष मा वालाचतुर्थी को दिन सजीवन छर्ने मेला लाग्दछ।

                                     

1. ऐतिहासिक महत्त्व

परापुर्व कालमा अयोध्याका राजा दशरथका भन्जा श्रवणकुमार का माता र पिताहरु दुईवटै आँखा नदेख्ने थिए। उनिहरु एउटा छोरा श्रवणकुमार को साहरामा नै बाँचिरहेका थिए। श्रवणकुमारले नै उनिहरु लाई बोकेर नै तिर्थ ब्रत तथा धार्मिक स्थलहरु घुमाउने गर्दथे। घुम्ने क्रम मा एक दिन उनिहरु एउटा ओडारमा वास बस्न पुगे छ्न हाल त्यो ठाउँ आन्धा-अन्धी दहको ठीक माथि छ जहाँका पत्थरहरूमा विभिन्न आकृतीहरु, छाप कोरिएको भटिन्छ। त्यस समयमा त्यहाँ पानीको श्रोत नभएको कारण आफ्ना अन्धा-अन्धी बुवा आमाको पानीको प्यास मेटाउन पानीको खोजिमा एउटा डाडामा पुग्छन जहाँ पनिको तलाउ भेट्छ्न जुन ठाउँलाई आहिले पन्चासे भनेर चिनिन्छ।

                                     

2. सत्यता

स्याङ्जा, पर्वत र कास्की जिल्लाको सिमानामा पर्ने पंन्चासे धर्मिक र ऐतिहासिक महत्त्व बोकेको ठाउँ हो। जुन पर्यटकीय गन्तव्यको रूपमा विकसित भई सकेको स्थिती छ। यस पोखरी ठुलो जंगलको मध्य भागमा अवस्थित छ। एउटा अचम्मै को कुरा के छ भने त्यो पोखरीमा कुनै पनि पातहरु खसेको भटिदैन सबै झरेको पातहरु चराहरु ले झिकेर फाल्छन भन्ने पुरानो जन विश्वास रहेको पाईन्छ। त्यो तलाउ भेटेपछी श्रवणकुमारले पानीको घैटो डुबाउदा शिकार खेल्दै आएका उनका मामा दशरथले मिर्ग पनि खान आएको भने बुझेर आफ्नो धनुषबाट बाण प्रहार गरेछन जसले गर्दालाई ठुलई चोट लागेछ। आवाज सुनेपछी राजा दशरथले आफ्नो भन्जा भन्ने चिनेछन र हतार-हतार गर्दै पुगेछन र आफ्ना भान्जाको त्यो स्थिती त्यो पनि आफ्नै हातबाट भएको देख्दा उनी अतालिए छन अन्तिम पटक वोल्दै श्रवणकुमारले दशरथलाई सबै कुरा भनेछन र तुरुन्तै आफ्ना बुवा-आमा भएको ठाउँमा जान अनुरोध गरेछ्न। राजा दशरथ पानी लिएर बाटो लागेछन। एता पानी लिन गएको छोरो कता हरायो भन्दै बसिरहेका आन्धा-अन्धी वियोगमा छट्पटी रहेका थिए। दशरथले पानी लिएर आउँदा उनिहरु निकै भावुक थिए उनिहरूले राजासँग बिलौना गर्दै छोराको बारेमा सोध्दै थिए तर राजाले आफैबाट भएको त्यो कुरा भन्न सकेनन तर केह्री गरी पनि उनिहरूको मन बुझाउन नसकेपछी अन्त्य मा सबै कुराहरू भन्छन। अनि वेसाहारा बनेका ति अन्धा अन्धीले राजालाई तिम्रा छोराहरु नै नहुन भनेर शराप दिन्छन दशरथले अनेकौ विन्ती गरेर आँफु सँग नै अयोध्या जान भन्दा उनिहरु जान मान्दैनन र त्यही ओढार मै आफ्नो बाँकी जिवन छोराको वियोगमा विताउने निर्णय गर्छन। पुरानो विश्वास अनुसार ति अन्धा-अन्धीको आँशुले नै आधीखोलाको सुरुवात भएको भन्ने विश्वास छ। उनिहरु कै नामबाट त्यो दहको नाम आन्धाअन्धी दह राखिएको भन्ने प्रचलन छ।