Back

ⓘ दक्षिणकाली नगरपालिका




दक्षिणकाली नगरपालिका
                                     

ⓘ दक्षिणकाली नगरपालिका

दक्षिणकाली नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने काठमाडौ जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काठमाडौँ जिल्लामा चाल्नाखेल, सेतीदेवी, शेषनारायण, दक्षिणकाली, टल्कु डुडेचौर छैमले यी ६ गाउँ विकास समितिहरूलाई समेटेर दक्षिणकाली नगरपालिका घोषणा गरिएको हो। दक्षिणकाली नगरपालिकाको केन्द्रभने फर्पिङ्ग बजार रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ। काठमाडौबाट करीब एक घण्टाको दुरिमा रहेको यस नगर धार्मिक, पर्यटकिय, मौलिक, सान्स्कृतिक आदी महत्त्वको लागि धनी छ । प्राय नेवारको बाहुल्यता रहेको फर्पिङ बजार क्षेत्र अनी आसपासका क्षेत्रमा बाहुन छेत्री लगायत अन्य समुदायको बाक्लो उपस्थिती रहेको छ । नेपालकै एउटा प्रमुख धार्मिक मन्दिर दक्षिणकाली, नेपालको पहिलो बिध्युत फर्पिङ जलबिध्युत, नेपालको पुरानो मध्यको एक फर्पिङ पाठशाला, चार नारायण मध्यको एक शेसनारायण, गोपालेस्वर पिठ, असुरा गुफा, पध्मशम्भब गुफा, केही सुबिधासम्पन्न रिसोर्टहरु, हरियाली बातावरण यहाँको विशेषताहरु हुन । हाल यस् क्षेत्रलाई पारीचित गराउने उद्देश्यले त्रिभुवन विश्वबिद्यालयमा स्नातकोत्तर गर्दै रहनुभएका प्रमोद कुमार पौडेलले एकल प्रयासमा यस क्षेत्रको स्थलगत जानकारीको लागि नामको www.dollugaun.com वेबसाईट सन्चालनमा ल्याउनु भएको छ । यसमा दक्षिणकाली आसपासका विभिन्न जानकारीहरु समेटिने जानकारी वहाँले दिनुभयो ।

                                     

1. जनसङ्ख्या

दक्षिणकाली नगरपालिका साविकका चाल्नाखेल, सेतीदेवी, शेषनारायण, दक्षिणकाली, टल्कु डुडेचौर छैमले गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ६ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा दक्षिणकाली नगरपालिकाको कूल जनसङ्ख्या २४,२९७ हुन्छ।