Back

ⓘ तारकेश्वर नगरपालिका




तारकेश्वर नगरपालिका
                                     

ⓘ तारकेश्वर नगरपालिका

तारकेश्वर नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने काठमाडौँ जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काठमाडौँ जिल्लामा साङला, जितपुरफेदी, काभ्रेस्थली, धर्मस्थली, गोलढुंगा, मनमैंजु र फुटुङ यी ७ गाउँ विकास समितिहरूलाई समेटेर तारकेश्वर नगरपालिका घोषणा गरिएको हो। तारकेश्वर नगरपालिकाको केन्द्रभने साविक धर्मस्थली गाविसको कार्यलय रहेको स्थान रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।

                                     

1. जनसङ्ख्या

तारकेश्वर नगरपालिका साविकका साङला, जितपुरफेदी, काभ्रेस्थली, धर्मस्थली, गोलढुंगा, मनमैंजु र फुटुङ गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ७ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा तारकेश्वर नगरपालिकाको कूल जनसङ्ख्या ८१,४४३ हुन्छ।

                                     

2. पर्यटकीय सम्भावना

शिवपुरी राष्ट्रिय निकुञ्जको काखमा रहेको यो नगरपालिका पश्चिममा नुवाकोटको ओखरपौवा गाविस, पूर्वमा टोखा नगरपालिका र दक्षिणमा काठमाडौँ महानगरपालिका अवस्थित छ। नगरपालिकाको नामाकरण गरिएको तारकेश्वर महादेव धार्मिक स्थल साथै पर्यटकीइ थलो पनि हो। शिवपुरी राष्ट्रिय निकुञ्जभित्र रहेको यो स्थल २ हजार मिटरभन्दा उच्च स्थानमा छ।