Back

ⓘ चन्द्रागिरी नगरपालिका




चन्द्रागिरी नगरपालिका
                                     

ⓘ चन्द्रागिरी नगरपालिका

चन्द्रागिरी नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने काठमाडौँ जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काठमाडौँ जिल्लामा थानकोट, दहचोक, नैकाप नयाँभञ्ज्याङ, वाणभञ्ज्याङ, बलम्वु, महादेवस्थान, तीनथाना, सतुंगल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानोभञ्ज्याङ यी ११ गाउँ विकास समितिहरूलाई समेटेर चन्द्रागिरी नगरपालिका घोषणा गरिएको हो। चन्द्रागिरी नगरपालिकाको केन्द्रभने साविक बलम्वु गाविसको कार्यलय रहेको स्थान रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।

                                     

1. जनसङ्ख्या

चन्द्रागिरी नगरपालिका साविकका थानकोट, दहचोक, नैकाप नयाँभञ्ज्याङ, वाणभञ्ज्याङ, बलम्वु, महादेवस्थान, तीनथाना, सतुंगल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानोभञ्ज्याङ गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ११ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा चन्द्रागिरी नगरपालिकाको कूल जनसङ्ख्या ८५,१९८ हुन्छ।

                                     
  • नगरप ल क न प लक एक प रश सन क क ष त र ह न प लक स व ध न म भएक सङ घ य व यवस थ अन स र ह ल नगरप ल क हर प रद शभ त र र ख एक छ न प लक सहर जनसङ ख य
  • व यवस थ गर स ह ध र क उपध र र ल स थ न य तह तर फ ग उ प ल क र नगरप ल क रहन व यवस थ गर क छ व स स लम सङ घ य म म ल तथ स थ न य व क स
  • भक तप र र लल तप र ज ल ल स ग, पश च मम क लफ ख ल न ग र ज न ड ड दहच क, चन द र ग र पह ड आद ल न व क ट, ध द ङ र मकव नप र ज ल ल तथ दक ष णम मह द वट रक

Users also searched:

...
...
...