Back

ⓘ टोखा नगरपालिका




टोखा नगरपालिका
                                     

ⓘ टोखा नगरपालिका

टोखा नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने काठमाडौँ जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काठमाडौँ जिल्लामा झोर माँहाकाल, टोखा चण्डेश्वरी, टोखा सरस्वती, धापासी र गोंगबु यी ५ गाउँ विकास समितिहरूलाई समेटेर टोखा नगरपालिका घोषणा गरिएको हो। टोखा नगरपालिकाको केन्द्रभने ग्रिनल्याण्ड रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।

                                     

1. जनसङ्ख्या

टोखा नगरपालिका साविकका झोर माँहाकाल, टोखा चण्डेश्वरी, टोखा सरस्वती, धापासी र गोंगबु गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ५ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा टोखा नगरपालिकाको कूल जनसङ्ख्या ९९,०३२ हुन्छ।