Back

ⓘ बुढानिलकण्ठ नगरपालिका




                                     

ⓘ बुढानिलकण्ठ नगरपालिका

बुढानिलकण्ठ नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने काठमाडौँ जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काठमाडौँ जिल्लामा चपली भद्रकाली, खड्का भद्रकाली, चुनीखेल, महाँकाल, बूढानीलकण्ठ र कपन यी ६ गाउँ विकास समितिहरूलाई समेटेर बुढानिलकण्ठ नगरपालिका घोषणा गरिएको हो। बुढानिलकण्ठ नगरपालिकाको केन्द्रभने महाँकाल गाविसमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।

                                     

1. जनसङ्ख्या

बुढानिलकण्ठ नगरपालिका साविकका चपली भद्रकाली, खड्का भद्रकाली, चुनीखेल, महाँकाल, बूढानीलकण्ठ र कपन गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ६ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा बुढानिलकण्ठ नगरपालिकाको कूल जनसङ्ख्या १,०७,९१८ हुन्छ।