Back

ⓘ नमोबुद्ध नगरपालिका




                                     

ⓘ नमोबुद्ध नगरपालिका

नमोबुद्ध नगरपालिका नेपालको प्रदेश नं. ३ अन्तर्गत बागमती अञ्चलमा पर्ने काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काभ्रेपलाञ्चोक जिल्लामा खनालथोक, मथुरापाटी फूलबारी, मेथिनकोट, पुरानागाउँ दाप्चा, दाप्चा छत्रेबाँझ, डराउने पोखरी यी ६ गाउँ विकास समितिहरूलाई समेटेर काशीखण्ड नगरपालिका घोषणा गरिएको हो। काशीखण्ड नगरपालिकाको केन्द्रभने भकुण्डेबेशी मा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।

                                     

1. जनसङ्ख्या

काशीखण्ड नगरपालिका साविकका खनालथोक, मथुरापाटी फूलबारी, मेथिनकोट, पुरानागाउँ दाप्चा, दाप्चा छत्रेबाँझ, डराउने पोखरी गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ६ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा काशीखण्ड नगरपालिकाको कूल जनसङ्ख्या २१,३२४ हुन्छ।