Back

ⓘ भानु नगरपालिका




भानु नगरपालिका
                                     

ⓘ भानु नगरपालिका

भानु नगरपालिका नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत गण्डकी अञ्चलमा पर्ने तनहुँ जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा तनहुँ जिल्लामामा भानु र बरभञ्ज्याङ यी २ गाउँ विकास समितिहरूलाई समेटेर भानु नगरपालिका घोषणा गरिएको हो। भानु नगरपालिकाको केन्द्र साविकको भानु गाउँ विकास समितिको कार्यालयमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।

                                     

1. जनसङ्ख्या

भानु र बरभञ्ज्याङ यी २ गाउँ विकास समितिहरूलाई मिलाएर भानु नगरपालिका बनाइएको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी २ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर भानु नगरपालिकाको जनसङ्ख्या १८,२४९ रहेको छ ।