Back

ⓘ लालीगुराँस नगरपालिका




लालीगुराँस नगरपालिका
                                     

ⓘ लालीगुराँस नगरपालिका

लालीगुराँस नगरपालिका नेपालको कोशी अञ्चलको तेह्रथुम जिल्लामा पर्दछ। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा तेह्रथुम जिल्लामा बसन्तपुर, फुलेक, दागपा, सुङनाम र सोल्मा यी ५ गाउँ विकास समितिहरूलाई समेटेर लालीगुराँस नगरपालिका घोषणा गरिएको हो। लालीगुराँस नगरपालिकाको केन्द्र बसन्तपुर गाउँ विकास समितिको कार्यालयमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।

                                     

1. जनसङ्ख्या

बसन्तपुर, फुलेक, दागपा, सुङनाम र सोल्मा यी ५ गाउँ विकास समितिहरूलाई मिलाएर लालीगुराँस नगरपालिका बनाइएको हो । त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ५ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर लालीगुराँस नगरपालिकाको जनसङ्ख्या १६,९३४ रहेको छ ।