Back

ⓘ धनगढीमाई नगरपालिका




धनगढीमाई नगरपालिका
                                     

ⓘ धनगढीमाई नगरपालिका

धनगढीमाई नगरपालिका नेपालको सगरमाथा अञ्चलको सिराहा जिल्लामा पर्दछ। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा सिराहा जिल्लामा भवानीपुर, हनुमाननगर प्रध, फुल्कहाकट्टी, अयोध्यानगर, धनगढी र विस्नुपुरकट्टी यी ६ गाउँ विकास समितिहरूलाई समेटेर धनगढीमाई नगरपालिका घोषणा गरिएको हो। धनगढीमाई नगरपालिकाको केन्द्र धनगढी बजारमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।

                                     

1. जनसङ्ख्या

भवानीपुर, हनुमाननगर प्रध, फुल्कहाकट्टी, अयोध्यानगर, धनगढी र विस्नुपुरकट्टी यी ६ गाउँ विकास समितिहरूलाई मिलाएर धनगढीमाई नगरपालिका बनाइएको हो । त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ६ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर धनगढीमाई नगरपालिकाको जनसङ्ख्या ४७,४४९ रहेको छ ।