Back

ⓘ बज्रबाराही नगरपालिका




                                     

ⓘ बज्रबाराही नगरपालिका

बज्रबाराही नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने ललितपुर जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा ललितपुर जिल्लामा चापागाउँ, झरुवारासी, ठेचो र लेले यी ४ गाउँ विकास समितिहरूलाई समेटेर बज्रबाराही नगरपालिका घोषणा गरिएको हो। बज्रबाराही नगरपालिकाको केन्द्र चापागाउँ गाउँ विकास समितिको बज्रबाराही बजारमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।

                                     

1. जनसङ्ख्या

चापागाउँ, झरुवारासी, ठेचो र लेले यी ४ गाउँ विकास समितिहरूलाई मिलाएर बज्रबाराही नगरपालिका बनाइएको हो । त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ४ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर बज्रबाराही नगरपालिकाको जनसङ्ख्या ३९,२०३ रहेको छ ।