Back

ⓘ मध्यनेपाल नगरपालिका




मध्यनेपाल नगरपालिका
                                     

ⓘ मध्यनेपाल नगरपालिका

मध्यनेपाल नगरपालिका नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत गण्डकी अञ्चलमा पर्ने लमजुङ जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा लमजुङमा जिता, तान्द्राङ टक्सार, रम्घा, सूर्यपाल र समीभञ्ज्याङ यी ५ गाउँ विकास समितिहरूलाई समेटेर मध्यनेपाल नगरपालिका घोषणा गरिएको हो। मध्यनेपाल नगरपालिकाको केन्द्र रम्घा गाउँ विकास समितिको दुईपिपल बजारमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।

                                     

1. जनसङ्ख्या

जिता, तान्द्राङ टक्सार, रम्घा, सूर्यपाल र समीभञ्ज्याङ यी ५ गाउँ विकास समितिहरूलाई मिलाएर मध्यनेपाल नगरपालिका बनाइएको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ५ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर मध्यनेपाल नगरपालिकाको जनसङ्ख्या १०,८५२ रहेको छ।