Back

ⓘ करापुटार नगरपालिका




करापुटार नगरपालिका
                                     

ⓘ करापुटार नगरपालिका

करापुटार नगरपालिका नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत गण्डकी अञ्चलमा पर्ने लमजुङ जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा लमजुङमा बाँग्रे, भोर्लेटार, इशानेश्वर र करापु यी ४ गाउँ विकास समितिहरूलाई समेटेर करापुटार नगरपालिका घोषणा गरिएको हो। करापुटार नगरपालिकाको केन्द्र भोर्लेटार गाउँ विकास समितिको भोर्लेटार बजारमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।

                                     

1. जनसङ्ख्या

बाँग्रे, भोर्लेटार, इशानेश्वर र करापु यी ४ गाउँ विकास समितिहरूलाई मिलाएर करापुटार नगरपालिका बनाइएको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ४ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर करापुटार नगरपालिकाको जनसङ्ख्या १०,८३६ रहेको छ।

                                     
  • नगरप ल क न प लक एक प रश सन क क ष त र ह न प लक स व ध न म भएक सङ घ य व यवस थ अन स र ह ल नगरप ल क हर प रद शभ त र र ख एक छ न प लक सहर जनसङ ख य

Users also searched:

...
...
...