Back

ⓘ बेदकोट नगरपालिका




बेदकोट नगरपालिका
                                     

ⓘ बेदकोट नगरपालिका

बेदकोट नगरपालिका नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत महाकाली अञ्चलमा पर्ने कञ्चनपुर जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा कञ्चनपुरमा सुडा र दैजी यी २ गाउँ विकास समितिहरूलाई समेटेर बेदकोट नगरपालिका घोषणा गरिएको हो। बेदकोट नगरपालिकाको केन्द्र सुडा गाउँ विकास समितिको शिशैया बजार क्षेत्रमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।

                                     

1. जनसङ्ख्या

सुडा र दैजी यी २ गाउँ विकास समितिहरूलाई मिलाएर बेदकोट नगरपालिका बनाइएको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी २ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर बेदकोट नगरपालिकाको जनसङ्ख्या ४९,४७९ रहेको छ। यहाँको प्रसिद्ध धार्मिक स्थल मानिने बैजनाथ धाम यहि बेदकोट नगपालिका वडा न ३ मा पर्दछ ।