Back

ⓘ बेलडाँडी नगरपालिका




बेलडाँडी नगरपालिका
                                     

ⓘ बेलडाँडी नगरपालिका

बेलडाँडी नगरपालिका नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत महाकाली अञ्चलमा पर्ने कञ्चनपुर जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा कञ्चनपुरमा बेलडाडी र रौतेलिबिचवा यी २ गाउँ विकास समितिहरूलाई समेटेर बेलडाँडी नगरपालिका घोषणा गरिएको हो। बेलडाँडी नगरपालिकाको केन्द्र साबिक बेलडाडी गाउँ विकास समितिको वडा नं ८ गाविस भवन रहेको स्थान मा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।

                                     

1. जनसङ्ख्या

बेलडाडी र रौतेलिबिचवा यी २ गाउँ विकास समितिहरूलाई मिलाएर बेलडाँडी नगरपालिका बनाइएको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी २ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर बेलडाँडी नगरपालिकाको जनसङ्ख्या २१,९४९ रहेको छ।