Back

ⓘ राप्ती नगरपालिका




                                     

ⓘ राप्ती नगरपालिका

राप्ती नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत नारायणी अञ्चलमा पर्ने चितवन जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा चितवनमा पिप्ले, भण्डारा र बिरेन्द्रनगर यी ३ गाउँ विकास समितिहरूलाई समेटेर राप्ती नगरपालिका घोषणा गरिएको हो। राप्ती नगरपालिकाको केन्द्र साबिकको भण्डारा गाउँ विकास समितिको हर्दी बजारमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।

                                     

1. जनसङ्ख्या

पिप्ले, भण्डारा र बिरेन्द्रनगर यी ३ गाउँ विकास समितिहरूलाई मिलाएर राप्ती नगरपालिका बनाइएको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ३ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर राप्ती नगरपालिकाको जनसङ्ख्या ४६,५१० रहेको छ।