Back

ⓘ बरहथवा नगरपालिका




बरहथवा नगरपालिका
                                     

ⓘ बरहथवा नगरपालिका

बरहथवा नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलमा पर्ने सर्लाही जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा सर्लाहीमा बरहथवा, मुर्तिया, हजरीया र लौकट यी ४ गाउँ विकास समितिहरूलाई समेटेर बरहथवा नगरपालिका घोषणा गरिएको हो। बरहथवा नगरपालिकाको केन्द्र साबिकको बरहथवा गाउँ विकास समितिको बरहथवा बजारमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।

                                     

1. जनसङ्ख्या

बरहथवा, मुर्तिया, हजरीया र लौकट यी ४ गाउँ विकास समितिहरूलाई मिलाएर बरहथवा नगरपालिका बनाइएको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ४ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर बरहथवा नगरपालिकाको जनसङ्ख्या ५०,४२४ रहेको छ।