Back

ⓘ भृकुटी नगरपालिका




भृकुटी नगरपालिका
                                     

ⓘ भृकुटी नगरपालिका

भृकुटी नगरपालिका नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने कपिलवस्तु जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा कपिलवस्तुमा बुढी, हरिहरपुर, राजपुर बरकुलपुर यी ४ गाउँ विकास समितिहरूलाई समेटेर भृकुटी नगरपालिका घोषणा गरिएको हो। भृकुटी नगरपालिकाको केन्द्र साबिकको बुढी गाउँ विकास समितिको हनुमान चोक क्षेत्रमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।

                                     

1. जनसङ्ख्या

बुढी, हरिहरपुर, राजपुर बरकुलपुर यी ४ गाउँ विकास समितिहरूलाई मिलाएर भृकुटी नगरपालिका बनाइएको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ४ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर भृकुटी नगरपालिकाको जनसङ्ख्या २६,२८२ रहेको छ।