Back

ⓘ बबई नगरपालिका




                                     

ⓘ बबई नगरपालिका

बबई नगरपालिका नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत भेरी अञ्चलमा पर्ने बर्दिया जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा बर्दियामा नेउलापुर बगनाह यी २ गाउँ विकास समितिहरूलाई समेटेर बबई नगरपालिका घोषणा गरिएको हो। बबई नगरपालिकाको केन्द्र साबिकको नेउलापुर गाउँ विकास समितिको सैनाबर बजारमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।

                                     

1. जनसङ्ख्या

बर्दिया जिल्लामा नेउलापुर बगनाह यी २ गाउँ विकास समितिहरूलाई मिलाएर बबई नगरपालिका बनाइएको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी २ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर बबई नगरपालिकाको जनसङ्ख्या २७,८३८ रहेको छ।