Back

ⓘ एमा वाट्सन




एमा वाट्सन
                                     

ⓘ एमा वाट्सन

एमा सार्लेट ड्युर्रे वाट्सन एक ब्रिटिस चलचित्र अभिनेत्री, मोडल तथा अधिकारकर्मी हुन्। पेरिसमा जन्मेर अक्सफोर्डसेरमा हुर्केकी एमाले अक्सफोर्ड विश्वविद्यालयको शाखा कलेज स्टेजकोच थिएटरबाट अभिनेत्री बन्नको लागि प्रशिक्षण लिएकी थिइन्। विद्यालय नाटकहरूमा मात्र अभिनय गरेकी एमाले ह्यारी पोटर चलचित्र शृङ्खलामा हर्मायनी ग्रीन्जरको भूमिकामा अभिनय गरेपछि हलिउड चलचित्र क्षेत्रमा जम्न सफल भइन्। ह्यारी पोटर चलचित्र शृङ्खलाबाट वाट्सनले एक करोड युरो कमाउनुका साथै विश्वव्यापी चर्चा र विभिन्न पुरस्कार हात पार्न सफल भइन्। सन् २०११ देखि २०१४ सम्म, वाट्सनले चलचित्रमा अभिनय गर्नुका साथै आफ्नो अध्ययनलाई अगाडि बढाइन्। सन् २०१४ मा उनले ब्राउन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातक तह पूरा गरिन्।

                                     

1. बाल्यकाल

वाट्सनको जन्म पेरिसमा भएको थियो। उनी ब्रिटिस वकील ज्याकलिन लिजबी तथा क्रिस वाट्सनकी छोरी हुन्। उनी पाँच वर्षको उमेरसम्म पेरिसमा बसिन्। आफ्नो आमा बुबाको छोडपत्रपछि उनी आफ्नो आमा र बहिनीसँग अक्सफोर्डसेर गइन्। उनी ६ वर्षकै उमेरदेखि एक अभिनेत्री बन्न चाहन्थिन् जसकारण उनले स्टेजकोच थिएटर आर्ट्समा अभिनेत्री बन्नको लागि प्रशिक्षण प्राप्त गरिन्। १० वर्षको उमेरसम्म उनले विभिन्न विद्यालय नाटकहरूमा अभिनय गरिन् जसमा आर्थर: द यङ यर्स र द ह्यप्पी प्रिन्सपनि सामिल थियो तर ह्यारि पोटर शृङ्खलाभन्दा पहिले उनले पेशागत अभिनय गरेकी थिइनन्।