Back

ⓘ भारत अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली




भारत अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली
                                     

ⓘ भारत अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली

भारत अन्डर-१९ राष्ट्रिय क्रिकेट टिम ले अन्डर-१९ अन्तर्राष्ट्रिय क्रिकेटमा भारतको प्रतिनिधित्व गर्ने गर्दछ । यस टिमको वर्तमान कप्तान विजय जोल हो भने प्रशिक्षक भूतपूर्व भारतीय क्रिकेट खेलाडी राहुल द्रविड हुन ।

यस भारतीय टिमले तीनवटा अन्डर-१९ क्रिकेट विश्वकप जितिसकेको छ । सन् २००० मा यसले मोहम्मद कैफको कप्तानीमा जितेको थियो भने सन् २००८ मा विराट कोहली र सन् २०१२ मा उन्मुक्त चन्दको कप्तानीमा विश्वकप प्रतियोगिता जितेको थियो । यस टिमको ओडिआई खेलमा जित प्रतिशत ७५% रहेको छ जुन अन्डर-१९ राष्ट्रिय क्रिकेट खेल्ने सबै टिमहरूको तुलनामा सबैभन्दा बढी हो ।