Back

ⓘ भगवती निम्न माध्यमिक विद्यालय




                                     

ⓘ भगवती निम्न माध्यमिक विद्यालय

भगवती निम्न माध्यमिक विद्यालयको स्थापना वि.सं.२०५९ मा प्राथमिक विद्यालयका रूपमा भएको हो । २०६८ देखि निम्नमाध्यमिक तहको कक्षा सञ्चालन हुँदै आएर २०७० वैशाखदेखि यसले कक्षा आठको पनि स्वीकृति प्राप्त गरिसकेको देखिन्छ । हाल विद्यालयमा कार्यरत शिक्षक दरबन्दीमध्ये सरकारी अनुदान प्राप्त ४, प्रा.वि.राहत २, निजीस्रोत ३, बालविकास १ र कर्मभारी १ समेत जम्मा ११जना शिक्षक कर्मचारी कार्यरत रहेको पाइन्छ । यस क्षेत्रमा विद्यालय स्थापना हुनुमा यहाँको भौगोलिक परिवेश, जनचेतना, जनसङ्ख्या बृद्धि, अन्य विद्यालय दुरी धेरै टाढा हुनु जस्ता कारण रहेका पाइन्छन् । यस क्षेत्रको पशुपति प्रा.वि.लाफादी सुरुङ्गा र बिरिङ खोलाको चपेटामा परेका बेला खोला वारी र पारीका जनताले आआफ्ना तिर विद्यालय लाने होडबाजी चल्यो । सोही समयमा तत्कालीन जिशिअ सुशील पाण्डेको सहयोग र यस क्षेत्रका अगुवा व्यक्तित्व डिल्लिराम सेलवाल तथा अन्य केही शिक्षाप्रेमी महानुभावहरूको सक्रियतामा यस विद्यालयको स्थापना भएको देखिन्छ ।