Back

ⓘ २०१६ इन्डियन प्रिमियर लिग




२०१६ इन्डियन प्रिमियर लिग
                                     

ⓘ २०१६ इन्डियन प्रिमियर लिग

इन्डियन प्रीमियर लिग अन्तर्गत २०१६ मा सञ्चालित प्रतियोगितामा ८ टिम सहभागि भएका छन।जुन प्रत्यक वर्ष भारतमा सञ्चालन हुन्छ।यो प्रतियोगितामा चेन्नई सुपर किङ्स र राजस्थान रोयल्स प्रतिबन्धित छन।

इन्डियन प्रिमियर लिगको २०१६ को सिजन जो कि आईपीएल ९ या विवो आईपीएल २०१६ का नाम ले पनि जानिन्छ । इन्डियन प्रिमियर लिग जसको सञ्चालक बीसीसीआई हो यसको सुरुवात २००७ मा भएको हो।यो आईपीएल को ९अौं सिजन ह‍ो । यो आईपीएल ०८ अप्रैल २०१६ मा प्रारम्भ तथा तथा २९ मई २०१६ मा फाइनल मिति तय भएको हो।

२९ मे मा चिन्नास्वामि स्टेडियम बेङ्गलोर मा सञ्चालन भएको अन्तिम म्याचमा सनराइजर्स हैदराबाद ले रोयल च्यालेन्जर्स बेङ्गलोर लाई पराजित गर्दै भिवो आइपिएल २०१६ को उपाधी सुरक्षित गरेको थियो।म्यान अफ द म्याच हैदराबादका बिन कटिङ लाई घोषणा गरियो। टुर्नामेन्टका बहुमुल्य खेलाडी विराट कोहली रहे भने नव उदयमान खेलाडीका रूपमा मुस्ताफिजूर रहमान लाई सम्मानित गरियो।

                                     

1. पृष्ठभूमि

१४ जुलाई २०१५ मा समिति का अध्यक्ष आर एम लोढ़ा ले यो घोषणा गरे की २०१६ को आईपीएल मा चेन्नई सुपर किङ्स तथा राजस्थान रोयल्स दुबै टीम खेल्न पाउने छैनन।उनका अनुसार यि टीममा बेटिंग को स्पोट फिक्सिंग को चार्ज लगाइएको हो । दुबै टीमका मालिकमाथि २ साल सम्मको प्रतिबंध लगाइएको हो । यश अनुसार अब अघिल्ला २ सीज़न मा न त चेन्नई सुपर किङ्स खेल्न पाउछ नत राजस्थान रोयल्स, यिनको ठाँउमा राजकोट तथा पुणे को टीम खेल्नेछन । २०१५ मा पेप्सिको को स्पन्सर सकिएको हो किनकि पेप्सिको पाँच वर्षको डील गरेको थियो यस कारण २०१६ तथा २०१७ को सिजन विवो को स्पन्सरमा खेलिने भएको हो। नवम्बर २०१५ मा बीसीसीआई ले यो घोषणा गर्योकि यो पालि आईपीएल भारत का नौ शहरहरूमा खेलाइनछ। दुई नयाँ टीमको घोषणा ८ दिसम्बर मा गरिएको हो । यस कारण दुबै टीमको लिलामि गरिएको थियो।

                                     

2. उद्घाटन समारोह

यो प्रतियोगिताको उद्घाटन समारोह ८ अप्रिल २०१६ मा १९:३० बजे भारतिय समय अनुसार सरदार वल्लभभाई पटेल स्टेडियम मुम्बई मा भएको थियो। कार्यक्रममा मेजर लेजर, यो यो हनी सिंह, रणवीर सिंह, क्याटरिना कैफ, ज्याकलिन फर्नान्डिज लगायतको विशेष प्रफर्मेन्स थियो। वेस्ट इन्डिज २०१६ वर्ल्ड ट्वान्टी२० विजेता टीमका सदस्य ड्वेन ब्रावो ले, च्याम्पियन डान्समा पर्फर्म गरेका थिए जुन आइपिएल अध्यक्ष राजीव शुक्ला का अनुसार, समारोहको "विशेष आकर्षण" थियो।

                                     

3. लिलामी

२०१६ इन्डियन प्रिमियर लिग को लिलामी बेङ्गलोर मा ०६ फ़रवरी २०१६ मा गरिय‍ो जसमा सबभन्दा महङ्गा खेलाडीका रुपमन अस्ट्रेलिया टीम का शेन वाट्सन लाई रोयल च्यालेन्जर्स बेङ्गलोर ले ९.५ करोड़ मा खरीद्यो जबकि भारतीय टीम का अलराउन्डर युवराज सिंह लाई सनराइजर्स हैदराबाद ले मात्र ७ करोड़मा खरिद्यो । गत वर्ष यूवी लाई १७ करोड़ मा खरिदिएको थियो । यसका अलावा दक्षिण अफ्रिका का क्रिस मोरिस लाई दिल्ली डेयरडेविल्स ले पनि ७ करोड़मा खरिदियो ।

                                     

4. तथ्याङ्क

अधिक रन

  • प्रतियोगिताको अन्तमा अधिक रन बनाउने खेलाडी ओरेन्ज क्याप पाउछ।
  • श्रोत: Cricinfo

अधिक विकेट

  • श्रोत: Cricinfo
  • प्रतियोगिताको अन्तमा अधिक विकेट लिने खेलाडी पर्पल क्याप पाउछ।