Back

ⓘ कनकाई गायत्री प्रा.वि.




                                     

ⓘ कनकाई गायत्री प्रा.वि.

कनकाई गायत्री प्राथमिक विद्यालय दुर्गापुर स्रोतकेन्द्र अन्तर्गत पर्दछ । यो विद्यालय झापा जिल्ला अन्तर्गत साबिक सुरूङ्गा गाविस वडा नं.४ मा पर्दथ्यो भने वर्तमान समयमा कनकाई नगरपालिका वडा नं.४ मा पर्दछ । झापाको व्यापारिक कैन्द्र सुरूझ्गा बजारदेखि एक किलोमिटर पश्चिममा रहेको कोटिहोम क्षेत्रको दक्षिणतिर पूर्वपश्चिम राजमार्गसँग जोडिएको यो विद्यालय भौतिक रूपमा निकै सम्पन्न देखिन्छ । यस विद्यालयको विधिवत् स्थापना विसं २०४२ मा गुरूकुल शिक्षा प्रणाली अनुसार अध्यापन गराउनका गागि स्थापना भएको हो । स्थापना भएको केही वर्षपछि यस विद्यालयले सरकारी स्वीकृति पायो । यस विद्यालयमा कक्षा एकदेखि तिनसम्म अध्ययन अध्यापन हुने गरेको । यसको स्तरोन्नति तर्फ पनि विद्यालय व्यवस्थापन समिति अग्रसर रहेको पाइन्छ ।