Back

ⓘ राष्ट्रिय सूचना प्रविधि केन्द्र




                                               

जज् (कम्पनी)

जज् मोबाइल सञ्चार लिमिटेड (उर्दू: جاز वा जज् पाकिस्तानको सबैभन्दा ठूलो मोबाइल सञ्जाल हो जुन मोबिलिङ्क र वारिदको समायोजन पछि बनेको थियो। यसले व्यक्तिगत र कर्पोरेट प्रयोगकर्ताहरूमा प्रीपेड र पोष्टपेड ग्राहकहरूको सेवा प्रदान गर्दछ। यसको प्रमुख कार्यालय पाकिस्तानको इस्लामाबादमा अवस्थित छ र हालका प्रमुख कार्यकारी अधिकृत आमिर इब्राहिम हुन्। यो पाकिस्तान एक लोकप्रिय दूरसञ्चर सेवा प्रदायक मध्य एक हो।

                                               

चीनमा दूरसञ्चार उद्योग

चीनमा दूरसञ्चार उद्योग तीन राज्यद्वारा सञ्चालित व्यवसायहरू जस्तै चीन दूरसञ्चार, चीन युनिकम र चीन मोबाइलको नियन्त्रणमा रहेको छ। यी तीन कम्पनीहरू मे २००८ मा पुनर्गठन हुँदै सुरुवात गरिएको थियो। यो सूचना उद्योग मन्त्रालय, राष्ट्रिय विकास तथा सुधार आयोग र वित्तीय मन्त्रीद्वारा निर्देशित थियो। त्यसबेलादेखि तीनै कम्पनीले तेस्रो पुस्ता सञ्जाल सञ्चालन गर्नका लागि अनुमति पत्र प्राप्त गरेका थिए र चीनमा निश्चित लाइन र मोबाइल व्यवसायमा व्यस्त रहेका थिए। फलस्वरूप चीन सन् २००१ मा विश्व व्यापार सङ्ठनमा प्रवेश गरेको थियो। त्यसपछि यसले एक नयाँ नियामक व्यवस्था स्थापना गरेको थियो र विदेशी सञ्चालनकहरूलाई बजारम ...

                                               

एक्सप्रेस टेलिकम

एक्सप्रेस टेलिकम कम्पनी निगम फिलिपिन्सको एक प्रमुख दूरसञ्चार कम्पनी हो। यो भेगा टेलिमकको पूर्ण सहायक कम्पनी हो। यो फिलिपिन्सको पहिलो मोबाइल फोन सञ्जाल सञ्चालक हो जसले अनुरूपीय उन्नत मोबाइल फोन प्रणाली सञ्जालको सञ्चालन गर्दछ। कम्पनीको स्थापना सन् १९८८ मा देशको राजधानी मनिलामा भएको थियो भने हाल यसको प्रधान कार्यालयलाई देशको प्रमुख सहर पेसाग सहरमा सारिएको छ।

                                               

उरिदू

उरिदू कतारी सेयरधनी कम्पनी पूर्व कुतल, एक अन्तर्राष्ट्रिय दूरसञ्चार कम्पनी हो। यो कतारमा दूरसञ्चार सेवा प्रदान गर्ने पहिलो कम्पनी पनि हो। सन् २०१४ सम्म, यो देशको सबैभन्दा ठूलो सार्वजनिक कम्पनीहरू मध्ये एक हो जसमा १४,००० भन्दा बढी कर्मचारीहरू कार्यरत छन्। कम्पनी सफलतापूर्वक विभिन्न वित्तीय बजारहरूमा सूचीकृत भएको छ जसमा यो दोहामा सन् १९९८, लण्डनमा १९९९, बहराइनमा सन् २००१ र अबु धाबीमा सन् २००२ मा सूचीत भएको थियो। क्यूटेलले सन् २००५ मा, खाडी सफल पुरस्कार सन् २००६ मा खाडी आर्थिक पुरस्कार समेत जित्न सफल भएको थियो। यो संसारको सबैभन्दा ठूलो मोबाइल दूरसञ्चार कम्पनीहरु मध्ये एक हो, जसको सेप्टेम्बर २ ...

राष्ट्रिय सूचना प्रविधि केन्द्र
                                     

ⓘ राष्ट्रिय सूचना प्रविधि केन्द्र

राष्ट्रिय सूचना प्रविधि केन्द्र, काठमाडौँ सिंहदरवारमा रहेको छ र यसको स्थापना सन् २०००मा भएको थियो । सूचना नीति सन् २००० अनुसार विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत,नेपालमा सूचना प्रविधि क्षेत्रको विकास तथा प्रवर्धनको लक्ष्य लिएर स्थापना भएको थियो । हाल यो नेपाल सरकारको केन्द्रीय इन्टरनेट सेवा प्रदायक को रूपमा कार्य गरिरहेको छ । यसले सिंहदारबारको विद्युतीय प्रवेशद्वारको पनि व्यस्थापन गरिरहेको छ र सिंहदरबार भित्र विभिन्न मन्त्रालयहरू तथा विभागहरूको वीचमा रहेको फाइबर अप्टिक्सको व्यवस्थापन पनि गर्दै आइरहेको छ । यसको टेलिसेन्टर निर्माणको पनि उदेश्यरहेको छ र सरकारी कर्मचारीहरूलाई साधारण सूचना प्रविधि साक्षरता कार्यक्रम पनि सञ्चालन गर्दै आइरेको छ । यसले विद्युतीय सरकारको अवधारणा विकास तथा मुहुर्ततामाकार्य गरेको छ जसले देशमा सरकारी काम तथा कार्यवाहीहरूलाई जनता समक्ष पारदर्शी किसिमले प्रवाह गर्न सकिने छ र सरकार जनता, सरकार व्यवसायीक सङ्गठनहरू र सरकारका विभिन्न अङ्गहरू बीच समन्वयको स्थिति निर्माणमा टेवा पुर्याउने छ ।

                                     

1. जिम्मेवारी

  • राष्ट्रिय स्तरमा सुचना प्रविधिको विकासका निम्ती तथ्याङ्कहरु सङ्कलन गर्ने र Data Depository र Information Bank को काम गर्ने ।
  • नेपालमा सुचना तथा सञ्चारको अनुसन्धान तथा विकास सम्बन्धी कार्यहरूमा टेवा पुर्याउने ।
  • सुचना तथा सञ्चार प्रविधिको विकास तथा प्रयोगमा एकरुपकता ल्याउने ।
  • नेपाल सरकारलाई कम्प्युटर सम्बन्धी सम्पुर्ण कार्यहरूमा सघाउने ।
  • सरकारका सम्पुर्ण निकाय तथा संस्थानहरूको वेभसाईट निर्माण गर्न र तीनको समयानुकुल सञ्चालन गर्ने ।
  • सुचना तथा सञ्चार प्रविधि सम्बन्धी निति-नियमहरु लागु गर्ने ।
  • नेपाल सरकारको आवश्यकता बमोजिम सुचना तथा संञ्चार प्रविधिको विकासका निम्ती कार्य गर्ने ।
  • नेपाल सरकारका निकाय तथा सङ्घ-संस्थाहरूमा कम्प्युटर तथ्याङ्क प्रणाली व्यवस्थापन तथा प्रवर्ध्दन गर्ने

यिनै कर्तव्य तथा जिम्मेवारिहरूको दायराभित्र रही सुचना प्रविधि केन्द्रले e-government का लागि गुरु योजना e-Goverment Master Plan बनाई अधी बढिरहेको छ ।तेस्तै यसले टेलिसेन्टरहरूको व्यवस्थापन, प्रवर्ध्दनरा सुदृढिकरण,मानव श्रोत र संसाधनको विकास, अनुसन्धान तथा खोजमुलक कार्य,तालिम प्रशिक्षण तथा परामर्श दिने तथा अन्य सङ्घ-संस्था तथा निकायहरूसँग सहकार्य गरी सुचना तथा सञ्चार प्रविधिको विकास र प्रवर्ध्दनमा टेवा पुर्याउँदै आएको छ ।

                                     

2. सम्पर्क ठेगाना

राष्ट्रिय सूचना प्रविधि केन्द्र एकिकॄत सरकारी तथ्याङ्क केन्द्र भबन गृह मन्त्रालय नजीक सिहदरवार, काठमाण्डौ, नेपाल फोन: ९७७-१-४२११९१७, ४२११७१० फ्याक्स: ९७७-१-४२४३३६२ ईमेल: info nitc.gov.np