Back

ⓘ पहिलो विश्वयुद्ध




पहिलो विश्वयुद्ध
                                     

ⓘ पहिलो विश्वयुद्ध

१९१४ देखि १९१९ सम्म युरोप, अफ्रिका र मध्य पूर्व मा चलेको लडाईंलाई पहिलो विश्वयुद्ध भनेर जानिन्छ| यी क्षेत्रहरूमा यो लडाईं जल, स्थल तथा आकाशमा लडिएको थियो| यस युद्धमा अभूतपूर्व धनजनको क्षति भएको थियो र नैं यस युद्धलाई विश्वयुद्ध भनिएको हो |

                                     

1. पृष्ठभूमि

औद्योगिक क्रान्तिको कारण संसारका सबैठूला देशहरूले आफ्नो उद्योगको निम्ति कच्चा पदार्थ प्राप्त गर्नका साथै आफ्ना देशमा मेसिनद्वारा उत्पादित सामानहरू बेच्नको निम्ति संसारका कमजोर देशहरूलाई उपनिवेश बनाउन चाहन्थे | यो उद्देश्य प्राप्तिको निम्ति सैनिक शक्तिमा वृद्धि गराउनुका साथै कूटनैतिक सन्धिहरु पनि गरे | यो होडबाजीमा राष्ट्रहरूमा अविश्वास र वैमनस्यता बढ्यो र युद्ध गर्नु अनिवार्य भयो। ऑस्ट्रियाको सिंहासनको उत्तराधिकारी आर्चड्युक फर्डिनेंड र उनकी पत्नीको हत्या यस युद्धको तात्कालिक कारण थियो। यो घटना २८ जून, १९१४ मा सेराजेवोमा भएको थियो। एक महिनापछि ऑस्ट्रियाले सर्बियाको विरुद्धको युद्ध घोषणा गरयो। रूस, फ्रान्स र ब्रिटेनले सर्बियालाई सहायता गरे र जर्मनीले आस्ट्रियालाई। अगस्तमा जापान, ब्रिटेन आदिको तर्फबाट, अनि केही समयपछि टर्की, जर्मनीको तर्फबाट, युद्धमा सामेल भए। यो महायुद्ध यूरोप, एसिया अनि अफ्रिका तीन महाद्वीपहरूमा जल, थल तथा आकाशमा लडियो| शुरुमा जर्मनीले जित्यो। १९१७ मा जर्मनीले धेरै व्यापारिक जहाजहरूलाई डुबाइदियो। यसले गर्दा अमेरिका ब्रिटेनको तर्फबाट युद्ध स्थलमा उत्रियो तर रूसी क्रान्तिको कारण रूयस युद्धबाट हट्यो। सन् १९१८ मा ब्रिटेन, फ्रान्स र अमेरिकाले जर्मनी आदि राष्ट्रहरूलाई पराजित गरे। जर्मनी र आस्ट्रियाको अनुरोधमा ११ नोभेम्बर १९१८ मा युद्धको समाप्ती भयो।

                                     

2. लडाईंहरु

यो विश्वयुद्ध अन्तर्गत धेरैवटा लडाईहरु भए, जसमा टेनेनबर्ग २६ देखि ३१, १९१४, मार्नं ५ देखि १० सेक्टेम्बर, १९१४, सरी बइर Sari Bair अनि सूवला खाडी ६ देखि १० अगस्त, १९१५, वर्दूं, आमिऐं ८ देखि ११ अगस्त, १९१८, एव वित्तोरिओ बेनेतो २३ देखि २९ अक्टोबर, १९१८ आदि लडाईहरु मुख्य थिए |

जर्मनीद्वारा १९१६ मा गरिएको आक्रमणको प्रधान लक्ष्य बर्दूं थियो। महाद्वीप स्थित मित्र राष्ट्रहरुका सेनाहरूको विघटन गर्नका लागि फ्रान्समाथि आक्रमण गर्ने योजनानुसार जर्मनीको तर्फबाट तारिक २१ फरवरी १९१६ का दिन बर्दूं युद्धहरूको श्रीगणेश भयो । नौ जर्मन डिवीजनले एक साथ मजेल Moselle नदीको दाहिने पटिको किनारमा आक्रमण गरे तथा पहिलो एवं द्वितीय युद्ध मोर्चामाथि अधिकार जमाए। फ्रेंच सेनाका ओज जनरल पेतैं Petainको नेतृत्वमा यस चुनौतीको सामना गर्न अधि आए। जर्मन सेना २६ फरवरीमा बर्दूंको सीमाना देखि पाँच माइल टाढा रहे। केही दिनसम्म भयानक लडाईं भयो। १५ मार्चसम्ममा जर्मन आक्रमण शिथिल हुँदै गयो र फ्रांसलाई आफ्नो व्यूहरचना अनि रसद आदिको सुचारु व्यवस्था मिलाउने मौका मिल्यो। म्यूजको पश्चिमी तीरमा पनि भीषण युद्ध भयो जो लगभग अप्रिलसम्म चल्यो। मईको अंतमा जर्मनीले नदीका दुवैतर्फबाट आक्रमण गरयो र भयानक युद्ध भएपछि ७ जूनमा वाक्स Vauxको किला लिन सफल बन्यो । जर्मनी अब आफ्नो सफलताको शिखरमा पुग्नमा सफल भयो। फ्रेन्च सैनिक मार्ट होमे Mert Hommeको दक्षिणी ढलान स्थलीय मोर्चामा डटेका थिए| संघर्ष चल्लिरह्यो, ब्रिटिश सेनाले सम Sommeमाथि आक्रमण गरेर बर्दूंलाई मुक्त गराए । जर्मनीको अन्तिम आक्रमण ३ सेक्टेम्बरमा भएको थियो। जनरल मैनगिन Manginको नेतृत्वमा फ्रान्सले प्रत्याक्रमण गरयो तथा अधिकांश हारिएका स्थल फिर्ता लिए । २० अगस्त, १९१७ मा बर्दूंको अंतिम युद्धको अतिंम युद्धको उपरांत जर्मनीसित केवल ब्यूमांट Beaumont बच्यो। यी युद्धहरूमा फ्रैंच सेना शिथिल भैसकेका थिए । आहत जर्मन सेनाको संख्या लगभग तीन लाख पुगेको थियो जसले गर्दा जर्मनीको जोश सेलाईसकेको थियो ।

आमिऐं Amiensको युद्धक्षेत्रमा मुख्यत: मोर्चाबन्दीका लडाईहरु भए। २१ मार्च देखि २० अप्रिलसम्म जर्मनले आफ्नो मोर्चादेखि बढेर अङ्ग्रेजी सेनालाई लगभग २५ माइल ढकेलेर आमिऐंको नजिक पुरयाए। उनीहरूको उद्देश्य त्यहाँबाट जाने रेलवे लाईनमा अधिकार गर्नु थियो, जो कैले बन्दरगाहदेखि पेरिस जान्थ्यो र जसद्वारा अङ्ग्रेजी सेना र फ्रान्सको सेनाको निम्ति सहायता पुरयाइन्थ्यो।

तारिक २० अप्रिल देखि १८ जुलाईसम्मक जर्मन आमिऐंको छेउमा रहिरहे। अर्कोपटि मित्र देशहरूले आफ्नो शक्ति धेरै बढाएर संगठित भैसकेकाथिए, उनीहरूका सेनाहरु जो यो भन्दा पहिला आ-आफ्ना सेनापतिहरूको निर्देशनमा लड्थे अब एक प्रधान सेनापति मार्शल फशका अधीनमा गराइयो ।

जुलाई, १९१८ पछि जनरल फशको निर्देशनमा मित्र देशहरूका सेनाहरूले जर्मनीलाई धेरै ठाउँहरूमा परास्त गरे ।

जर्मन प्रधान सेनापति लूडेनडार्फले अङ्ग्रेजी तथा फ्रांसीसी सेनाहरूको संगम स्थलमा अचानक आक्रमण गरे। यो आक्रमण २१ मार्च बिहानी पख ४.३० बजे गरियो, कुहिरो लागेको कारण सेनाको गतिविधि थाह पाएनन्। ४००० तोपहरूको गोलीबारीबाट शुरु भयो। ४ अप्रिलमा जर्मन सेना कैले-पेरिस रेलवेदेखि केवल दुई माइल टाडा थियो। ११-१२ अप्रिलमा अङ्ग्रेजी सेनापतिहरूले आफ्ना सैनिकहरूलाई लडेर मर्ने अनुरोध गरे ।

त्यसपछि एक सप्ताह भन्दा अधिक समयसम्म जर्मनहरूले आमिऐंको नजिक लडाई जारी राखे, तर उनीहरूले कैले-पैरिस रेल लाईनमा अधिकार गर्न सकेनन्। अङ्ग्रेजी सेनालाई फ्रान्सीसि सेनादेखि अलग राख्ने उनीहरू प्रयास असफल भयो ।

२० अप्रिलदेखि लगभग तीन महीनासम्म जर्मनले मित्र देशहरूलाई अन्य क्षेत्रहरूमा परास्त गर्ने प्रयत्न गरिरह्यो, अनि सफल पनि भयो। तर यो सफलताबाट लाभ उठाउने मौका भनें जर्मनीले पाएन। मित्र देशहरूले यस भीषण स्थितिमा आफ्नो शक्ति बढाउने प्रबन्ध गरिसकेका थिए ।

२५ मार्चका दिन जेनरल फश यस क्षेत्रमा मित्र देशहरूका सेनाका सेनापति नियुक्त भए। ब्रिटेनको संसदले अप्रिलमा सैनिक सेवाको उमेर बढाएर ५० वर्ष गरिदियो, अनि ३,५५,००० सैनिकहरु अप्रिल महिनाभित्रमा नैं फ्रान्स पठाइए। अमरीकाबाट पनि सैनिक फ्रान्स पुग्नथाले, अनि बिस्तारै उनीहरूको ६,००,००० पुग्यो| नयाँ अस्त्र-शस्त्र तथा अन्य आविष्कारहरूको कारण मित्र देशहरूको वायुसेना प्रबल भयो। विशेष गरी उनीहरूका ट्यांकहरु सक्षम बने ।

१५ जुलाइका दिन जर्मनीले आफ्नो अन्तिम आक्रमण मार्न नदीमा पेरिसतिरबाट गर्ने प्रयास गरयो। फ्रान्सीसी सेनाले यसलाई रोकेर तीन दिनपछि जर्मनहरूमाथि सो नैं क्षेत्रमा शक्तिशाली आक्रमण गरेर ३०,००० सैनिकहरूलाई बन्दी बनाए| फेरि ८ अगस्तमा आमिऐं नजिक जनरल हेगको अध्यक्षतामा ब्रिटिश तथा फ्रांसीसी सेनाले बिहानै ४.३० बजे कुहिरो लागेको आडमा जर्मनहरूमाथि अचानक आक्रमण गरे। यस लडाईमा चार मिनेट तोपहरूबाट गोला चलाए पछि, सयौ टैंक सेनाको अघाडि पठाइए, जसको कारण जर्मन सेनामा हलचल मचियो। आमिऐंको पूर्व आब्र एवं सम नदीहरूको बीच १४ माइलको मोर्चामा आक्रमण भयो, अनि यस लडाईमा जर्मनहरूको यति बिघ्न क्षति भयो कि सूडेनडोर्फले यस दिनलाई जर्मन सेनाको निम्ति कालो दिन भनियो ।

                                     

3. अन्य

  • The Heritage of the Great War, Netherlands
  • The World War I Document Archive Wiki, Brigham Young University
  • World War I: Soldiers Remembered, Washington State Library and Washington State Archives
  • WWI Service Questionnaires at Gettysburg College
  • Royal Engineers Museum Royal Engineers and the First World War
  • The Commonwealth War Graves Commission
  • The War to End All Wars BBC News १० November १९९८
  • British Pathé Online film archive containing extensive coverage of World War I
  • A multimedia history of World War I
  • World War १ Atlas A day-by-day map of the First World War
  • US World War I links
  • Brookwood Military Cemeteries – Images of all sections of the military cemetery and allied forces burial plots and memorials.