Back

ⓘ दुहबी गोल्डकप २०७३




                                     

ⓘ दुहबी गोल्डकप २०७३

दुहबी गोल्डकप २०७३ को उपाधि त्रिभुवन आर्मी क्लबले २०७३ मंसिर १८ गत जितेको दिन जितेको थियो । दुहबी रङ्गशालामा शनिबार सम्पन्न फाइनल खेलमा मनाङ मर्स्याङ्दीलाई सडेन डेथमा १-० ले पराजित गर्दै आर्मीले उपाधी जितेको हो । निर्धारित समयमा कुनै टिमबाट पनि गोल नभएपछी खेल सिधै टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमामा पनि दुबै टिमको ३–३ गोल भएपछि खेलको निर्णय सडेनडेथबाट गरिएको हो ।

सडेनडेथमा मनाङका विश्वास श्रेष्ठ गोल गर्न चुके भने आर्मीमा गोलकिपर बिकेश कुथुले गोल गरेर आफ्नो टिमलाइ जित दिलाए ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी मनाङका सुजल श्रेष्ठले २५ हजार रुपैयाँ पुरस्कार पाए । शनिबारको खेलको म्यान अफ द म्याच आर्मीकै विकेश कुथु भए । सर्वाधिक गोलकर्ता आर्मीका टेकबहादुर बुढाथोकी भए ।

आर्मीले उपाधीसँगै ३ लाख ११ हजार रुपैयाँ र उपविजेता मनाङले १ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाएको छ । मंसिर ११ गतेदेखि सुरु प्रतियोगितामा कुल विदेशी तथा स्वदेशी गरी जम्मा ८ टिमको सहभागीता रहेको थियो