Back

ⓘ प्रदेश नं. १




प्रदेश नं. १
                                     

ⓘ प्रदेश नं. १

प्रदेश नं. १ नेपालको संविधान २०७२ लागू भएपछि विसं २०७२ असोज ३ गते राज्य विभाजन गरी बनेका ७ प्रदेशहरू मध्ये एक हो । देशलाई सङ्घीय ढाँचामा लगेर पुनर्संरचना गर्ने उदेश्यका साथ स्थापना गरिएको यो प्रदेश नेपालको सबैभन्दा पूर्वी भागमा रहेको प्रदेश हो ।

निर्वाचन क्षेत्र सीमाङ्कन आयोगको रिपोर्ट अनुसार फर्स्ट पास्ट द पोस्ट मतदान प्रणाली तहत यस प्रदेशमा २८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र ५६ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ। १७ जनवरी २०१८ मा भएको मन्त्रिमण्डलको बैठकमा बिराटनगरलाई प्रदेशको अस्थायी राजधानी घोषित गरिएको छ।

वि.सं. २०६८ को जनगणना अनुसार यस प्रदेशमा लगभग ४५ लाख मानिसहरू १७५.६ प्रतिवर्ग किमी जनसङ्ख्या घनत्वको दरले बसोवास गर्छन ।

                                     

1. इतिहास किरात

किराँतीहरू पूर्वोत्तर हिमालका मूल निवासी हुन । बाबुराम आचार्यले भने अनुसार उनीहरू ७०० ईशा पूर्वमा नेपाल आएर बसोबास गर्न थाले र यस क्षेत्रमा आधिपत्य कायम गरे । उनीहरू धनुर्विद्यामा निपुण थिए र उनीहरू नै आजका लिम्बु, याख्खा, सुनुवार, राई, कुलुङ, थुलुङ र येल्लुङहरूका पूर्वज थिए।

किराँत राजा यलम्बरले अहिर वंशको अन्तिम राजा भुवन सिंहलाई युद्धमा हराए पछि काठमाडौंमा उपत्यकामा किराँत अधिराज्यको स्थापना गरे। उनको अधिराज्य पूर्वमा टिष्टा नदी र पश्चिममा त्रिशुली नदी सम्म फैलिएको थियो।

पछि किराँत अधिराज्य कयौं ससाना राज्यहरूमा टुक्रा टुक्रा भएर पूर्व नेपालमा राज्य गरे। लिम्बुवान ससाना राज्यहरूमा एक थिए।

१७७१ ई० देखि १७८९ ई० बीच गोर्खाको राजाले ति ससाना किराँती राज्यहरूलाई नेपालमा एकीकरण गरे।

२० सितम्बर १०१५ मा नयाँ संविधान जारी हुनु अगाडि यस क्षेत्रका भूभागहरू पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत आउने गर्थ्यो, जुन नेपाल अधिराज्य को पाँच विकास क्षेत्रहरू मध्य एक थियो। पूर्वाञचलमा जम्मा १६ वटा जिल्लहरू थिए, १४ वटा जिल्लाहरू हालको प्रदेश नं. १ को र दुईवटा जिल्लाहरू सिराहा जिल्ला र सप्तरी जिल्ला हालको प्रदेश नं. २ को। पूर्वाञ्चल विकास क्षेत्र ३ अञ्चलहरूमा विभाजित थिए र ति तीन अञ्चल १६ जिल्लाहरूमा विभाजित थिए। सगरमाथा अञ्चल र कोशी अञ्चलमा ६–६ वटा जिल्लाहरू थिए र मेची अञ्चलमा ४ वटा जिललाहरू थिए। पूर्वाञ्चलको जम्मा क्षेत्रफल २८,४५६ किमी २ थियो

                                     

2. भूगोल

मौसम

हिमालि जिल्ला सोलुखुम्बु,संखुवासभा र ताप्लेजुङ जाडो हुन्छ उदयपुर, खोटाङ, ओखलढुंगा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलामसहित आठ जिल्ला कहिले जाडो कतिबेला चिसो हुन्छ तथा झापा, मोरङ र सुनसरी तराईका जिल्ला हुन् गर्मि हुन्छ
  • मेची नदि
                                     

3. प्रशासनिक विभाजन

प्रशासनिक संरचना अनुसार प्रदेश नं. १ १४ जिल्लाहरू "मा विभाजित छ भने ति १४ वटै जिल्लाहरू १३७ स्थानिय तहमा विभाजित छन्। १३७ मध्ये १ महानगरपालिका, २ उपमहानगरपालिका, ४६ नगरपालिका र ८८ गाउँपालिकाहरू छन्।

जिल्लाहरू

सङ्घीय संरचना बमोजिम प्रदेश नं. १ मा १४ वटा जिल्लाहरू रहेको छ ।