Back

ⓘ राजर्षी जनक कप २०७३




                                     

ⓘ राजर्षी जनक कप २०७३

राजर्षी जनक कप २०७३ राजर्षी जनक कप फुटबल प्रतियोगिताको पहिलो संस्करण हो ।यो फुटबल प्रतियोगिता चैत ९ गतेदेखि सञ्चालन भएको थियो,भने समापन चैत १६ गते भएको थियो ।काठमाडौंका आठ ए डिभिजन क्लबहरूले मात्र सहभागी जनाउने आयोजक वाग्मती युवा क्लबले जनाएको थियो ।

मनाङ-मर्स्याङ्दिले रोमाञ्चक फाइनल खेलमा चैत १६ गते आफ्नो चिरप्रचित प्रतिद्वन्द्वी नेपाल आर्मी क्लबलाई १-० गोल अन्तरले हराउँदै पहिलोपटक राजर्षि जनक गोल्डकपको उपाधि जितेको थियो ।यस्तै मनाङले यो उपाधि सहित २०७३ सिजनमा ४ उपाधि जित्ने पहिलो नेपाली क्लब बनेको थियो,भने नेपाल आर्मी सो अवसरबाट चुकेको थियो ।यस प्रतियोगिता भन्दा दुवै क्लबले समान ३-३ उपाधिहरू जितेका थिए।