Back

ⓘ २००९ इन्डियन प्रिमियर लिग




२००९ इन्डियन प्रिमियर लिग
                                     

ⓘ २००९ इन्डियन प्रिमियर लिग

२००९ इन्डियन प्रिमियर लिग इन्डियन प्रिमियर लिगको दोश्रो संस्करण थियो जुन भारतमा नभएर दक्षिण अफ्रिकामा १८ अप्रिल २००९ देखि २४ मे २००९ सम्म आयोजित भएको थियो । जसको फाइनल म्याच एडम गिलक्रिस्टको कप्तानीमा डेक्कन चार्जर्सले जितेको थियो । फाइनल म्याचमा रोयल चैलेन्जर्स बेङ्गलोरले पहिले ब्याटिङ गर्दै २० ओभरमा १३८ रन बनाएको थियो, यसको जवाफमा डेक्कन चार्जर्सले अन्तिम बलमा म्याच जितेको थियो । एडम गिलक्रिस्टलाई म्यान अफ द टूर्नामेन्ट घोषित गरियो । जबकि यस टूर्नामेन्टमा सबैभन्दा बढी रन चेन्नई सुपर किङ्सको तर्फबाट म्याथु हेडनले ५७२ रन बनाएका थिए ।