Back

ⓘ माईभ्याली गोल्डकप




                                     

ⓘ माईभ्याली गोल्डकप

माईभ्याली अन्तर्राष्ट्रिय क्लब आमन्त्रित गोल्डकप एक चर्चित नेपाली नकआउट फुटबल प्रतियोगिता हो ।यो फुटबल प्रतियोगिता इलाममा इलाम फुटबल क्लब प्रत्येक वर्ष आयोजना गर्ने गर्दछ।पुर्वी पहाडी भेगको सर्वाधिक चर्चित र ठूलो यस फुटबल प्रतियोगिताको स्थापना वा सुरूवाट वि.स. २०७१ साल देखि भएको हो।

इलामको ठूलो टुँडिखेलमा सञ्चालन हुने माइभ्यालि प्रतियोगितामा नेपाली तथा विदेशीभारत,भूटान,मुख्यत क्लबहरूले सहभागिता जनाउने गर्दछ।

                                     

1. इतिहास

वि.स.२०७१ सालबाट सुरूवाट भएको यस माईभ्यालि गोल्डकपको पहिलो संस्करण २०७१ साल माघ १४ गतेदेखि २४ गतेसम्म जम्मा ११ दिन चलेको थियो ।पहिलोपटकको प्रतियोगितामा थ्री स्टार क्लब र नेपाल आर्मी क्लब फाइनलमा पुग्न सफल भएका थिए।भने पहिलो उपाधि थ्री स्टार क्लबले उचालेको थियो ।हालसम्मको नतिजा अनुसार झापा ११ फुटबल क्लबले सर्वाधिक दुई पटक यो प्रतियोगिता जितेको छ ।झापाले २०७२ र २०७३ गरी लगातार यो प्रतियोगितामा जित्न सफल भएको थियो ।

                                     

2. पुरस्कार राशि

२०७३ को अनुसार पुरस्कार राशि
  • दोस्रो पुरस्कार:- रू.२,५०,०००|-
  • प्रथम पुरस्कार:- रू.५,००,०००|-

पुरस्कारको रूपमा यस विजेता तथा उपविजेतालाई नगद पुरस्कारका साथमा मेडल,प्रमाण-पत्र तथा ट्रफी पनि प्रदान गरिन्छ ।