Back

ⓘ रामघाटधाम




रामघाटधाम
                                     

ⓘ रामघाटधाम

रामघाटधाम नेपालको प्रदेश नं. ४ स्थित स्याङ्जा जिल्लामा पर्ने चापाकोट नगरपालिकाको वडा नं. ७ साँखरमा पर्ने अति रमणीय गाउँ, ऐतिहासिक एवं धार्मिक क्षेत्र हो।

                                     

1. अवस्थिति

स्याङ्जाको सदरमुकाम पुतलीबजारबाट ५७ किलो मीटर दक्षिण-पूर्वको यस धार्मिक रूपमा प्रख्यात यस श्री रामजानकी मन्दिरमा कसैको ध्यान पुग्न सकेको छैन। धार्मिक एवम् ऐतिहासिक आस्था जगाउने राम, जानकी, शिव, लक्ष्मी र नारायण भगवानका मुर्ति रामघाटधाममा रहेका छन्। मन्दिर स्थानीयले निर्माण गरेका हुन्। रामघाटधाममा हिन्दु धर्मालम्वीको शिवरात्री, रामनवमी र अन्य चाडपर्वमा धेरै दर्शनार्थी आउँछन्। रामघाटधाममा रहेका ऐतिहासिक एवम् धार्मिक संरचनाहरु अपहेलित, वेवास्ता र वेवारिसे छन्।