Back

ⓘ पाल्हीनन्दन नगरपालिका




पाल्हीनन्दन नगरपालिका
                                     

ⓘ पाल्हीनन्दन नगरपालिका

पाल्हीनन्दन नगरपालिका नवलपरासी जिल्लामा अवस्थित छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा नवलपरासी जिल्लामा साविकका रामपुरुवा, सनई, हरपुर, कुस्मा पाल्ही र गेरमी गाउँ विकास समितिहरूलाई समेटेर पाल्हीनन्दन नगरपालिका घोषणा गरिएको हो । पाल्हीनन्दन नगरपालिकाको कूल जनसङ्ख्या ३५,४२९ रहेको छ ।

                                     

1. भौगोलिक अवस्थिति

पाल्हीनन्दन नगरपालिकाको क्षेत्रफल ४४.६७ वर्गकिलोमिटर रहेको छ । यो नगरपालिका ६ वडामा विभाजन गरिएको छ । यसको सीमाना पूर्वमा सरावल गाउँपालिका पश्चिममा रूपन्देही जिल्ला उत्तरमा रामग्राम नगरपालिका तथा दक्षिणमा भारत रहेका छन् ।