Back

ⓘ बाह्रबिसे नगरपालिका




बाह्रबिसे नगरपालिका
                                     

ⓘ बाह्रबिसे नगरपालिका

बाह्रबिसे नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत पर्ने सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक नगरपालिका हो । यसको क्षेत्रफल ९६.७३ वर्ग किलोमिटर रहेको छ । विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा सिन्धुपाल्चोक जिल्लाका घोर्थली, कर्थली, बाह्रबिसे, गाती, घुमथाङ, मानेश्वाँरा र राम्चे गाउँ विकास समितिहरूलाई समेटेर बाह्रबिसे नगरपालिका घोषणा गरिएको हो । बाह्रविसे सिन्धुपाल्चोक जिल्लाका तीन र मुलुकका २७६ मध्य एक नगरपालिका हो । सिन्धुपाल्चोकमा मात्रै १२ स्थानिय तह छन् । पूर्वमा दोलखा जिल्ला पश्चिममा सिन्धुपाल्चोककै जुगल गाउँपालिका सँग सीमा जोडीएको यस नगरको उत्तरमा भोटेकोशी गाउँपालिका र दक्षिणमा त्रिपुरासुन्दरी तथा बलेफी गाउँपालिका पर्दछन् । अनेकौ थली थुम्की पहाड र चुचुराहरू रहेको यो नगर हिमाली नगरपालिकाको मपदण्ड अनुसार नगरपालिका भएको हो । नेपाल चीन स्थलगत मार्ग जोडिने अरनिको राजमार्ग र दुवै तर्फ फैलिएको वडाहरूको फेदिमा रहेको भोटेकोशी नदी यसको प्रकृातिक पहिचान हो । तिब्बत नेपालका विभिन्न कालखण्डका सम्वन्धहरू सँग यसको अनेकौ एतिहासिकता जोडिएको छ । समुन्द्र सतहदेखी ५०० मिटर देखी ४००० मिटर सम्मको उचाई भएको भु-वनोट रहेको यस नगरपालिकाको जनसंख्या २६५३५ र क्षेत्रफल १३४.८ वर्ग कि.मि रहेको छ । नगरपालिकाको भवन रहेको केन्द्रिय क्षेत्र बाह्रबिसे बजारको रुपमा परिचित छ भने यस बजारमा पूर्ख्यौलि नेवार जातीको बाहुल्यता रहेको छ । तर समग्र नगरपालिकाको जनसंख्यामा भने तामाङ जातीको जनसंख्या अघि देखिन्छ । ब्राम्हण, क्षेत्री, तामाङ, शेर्पा, गुरूङ लगाएत अनेकौ जातजाती र भाषाभाषिहरू यहाँ रहेका छन् भने थामी समुदाय यस नगरको आदिवाशी लोपोन्मुख जनजाती अन्तर्गत पपर्दछन ।