Back

ⓘ शीतगंगा नगरपालिका




                                     

ⓘ शीतगंगा नगरपालिका

शीतगंगा नगरपालिका नेपालको एक पहाडी नगरपालिका हो । नेपालमा ७४४ स्थानीय तह लागू हुँदा अर्घाखाँची जिल्लामा साविकका ठाडा, जुकेना, जलुके, सिद्धारा, सिमलपानी, सीतापुर सुवर्णखाल गाउँ विकास समितिहरूलाई समेटेर शीतगंगा नगरपालिका बनाइएको हो । यस नगरपालिकाको केन्द्र साविकको ठाडा गाविसको कार्यालयमा राखिएको छ । यस नगरपालिकालाई १४ वडामा विभाजन गरिएको छ ।

                                     

1. सिमाना

यस नगरपालिकाको सिमाना पूर्वमा पाल्पा जिल्ला, पश्चिममा प्युठान र दाङ जिल्ला, उत्तरमा सन्धिखर्क, भूमिकास्थान र पाणिनी गाउँपालिका तथा दक्षिणमा रुपन्देही, कपिलवस्तु र दाङ जिल्लासम्म फैलिएको छ ।