Back

ⓘ ढोरपाटन नगरपालिका




ढोरपाटन नगरपालिका
                                     

ⓘ ढोरपाटन नगरपालिका

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा बागलुङ जिल्लामा साविकका बुर्तिबाङ, खुंगा, अधिकारीचौर बोवाङ गाउँ विकास समितिहरूलाई समेटेर ढोरपाटन नगरपालिका बनाइएको हो । यस नगरपालिकाको कूल जनसङ्ख्या २६,२१५ रहेको छ । यसको क्षेत्रफल २२२.८५ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको बुर्तिबाङ गाविसको कार्यालयमा राखिएको छ । यस नगरपालिकालाई ९ वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको सिमाना पूर्वमा तमानखोला गाउँपालिका र म्याग्दी जिल्ला, पश्चिममा ढोरपाटन शिकार आरक्ष र निसीखोला गाउँपालिका, उत्तरमा ढोरपाटन शिकार आरक्ष तथा दक्षिणमा वडिगाड र निसीखोला गाउँपालिकासम्म फैलिएको छ ।