Back

ⓘ लेटाङ नगरपालिका




                                     

ⓘ लेटाङ नगरपालिका

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा मोरङ जिल्लामा साविक लेटाङभोगटेनी नगरपालिकाको वडाहरू, जाँतेको वडाहरू र वारङ्गी गाउँ विकास समितिहरू लाई समेटेर लेटाङ नगरपालिका बनाइएको हो । यस नगरपालिका लाई ९ वडा मा विभाजन गरिएको छ । यस नगरपालिकाको कूल जनसङ्ख्या ३२,०५३ रहेको छ । यसको क्षेत्रफल २१९.२३ वर्ग किलोमिटर रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको लेटाङभोगटेनीको कार्यालयमा राखिएको छ ।