Back

ⓘ काँकडभिट्टा गोल्डकप २०७४




                                     

ⓘ काँकडभिट्टा गोल्डकप २०७४

प्रतियोगितामा आयोजक ब्राइट युथ क्लबसहित ‘ए’ डिभिजनका ७ टिम गरी ८ टिमको सहभागिता रहेको थियो ।

  • नेपाल पुलिस क्लब
  • एपीएफ क्लब
  • हिमालय शेर्पा क्लब
  • काकडभिट्टा युथ क्लब आयोजक
  • फ्रेन्डस् क्लब
  • नेपाल आर्मी क्लब
  • मनाङ मर्स्याङ्दी क्लब
  • संकटा क्लब
                                     

1. पुरस्कारहरू

प्रतियोगिता समापनमा विभिन्न विधाका उत्कृष्ट घोषित खेलाडीहरू पनि नगद पुरस्कारबाट पुरस्कृत बनेका थिए। फाइनलको म्यान अफ दी म्याच आर्मीका विकास खवासले १० हजार रुपियाँ पुरस्कार पाए । राइजिङ प्लेयर आयोजक काँकडभिट्टाका मिलन राईलाई १० हजार रुपियाँ दिइयो । आर्मीका विकेश कुथु उत्कृष्ट गोलरक्षक, काँकडभिट्टाका भूषण राई उत्कृष्ट रक्षक, मनाङका विशाल राई उत्कृष्ट मिडफिल्डर, आर्मीका भरत खवास उत्कृष्ट स्ट्राइकर र आर्मीका नवीन न्यौपाने उत्कृष्ट प्रशिक्षक बने । उनीहरूले जनही २०÷२० हजार नगद प्राप्त गर्न सफल भए । आर्मीकै दिनेश हेन्जन उच्च गोलकर्ता २ गोल बन्दै २५ हजार जित्न सफल भए । मनाङका गोलरक्षक दिनेश थापा ‘प्लेयर अफ दी टुर्नामेन्ट’ घोषित हुँदै ५१ हजार पाउन सफल भए । पुरस्कृतहरूलाई राखेप सदस्यसचिव केशवबहादुर विष्टले पुरस्कार प्रदान गरेका थिए।