Back

ⓘ कोकाकोला अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता २०७४




                                     

ⓘ कोकाकोला अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता २०७४

कोकाकोला अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता २०७४ एक विद्यालय स्तरका खेलाडीहरूको सहभागीता रहने राष्ट्र व्यापि कोकाकोला अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता को संस्करण हो।जुन प्रतियोगिता कोकाकोलाको प्रायोजनमा एन्फाले सातदोबाटो,एन्फा कम्प्लेक्स हल मा आयोजना भएको थियो।

एन्फा कम्म्लेक्समा मंसिर ०५ गते बिहीबार भएको फाइनल खेलमा एभरेष्ट स्कुललाई १–० ले हराउँदै सिर्जनालयले छात्र तर्पको उपाधि जितेको हो । खेलको ७२ औँ मिनेटमा सञ्जय आले मगरले गरेको गोल खेलको निर्णायक बनेको थियो ।त्यस्तै स्याङ्जाको भुम्रे माध्यमिक स्कुललाई ७–० को फराकिलो गोलअन्तरले पराजित गर्दै दुर्गा माविले उपाधि जितेको हो । दुर्गाका लागि निकिता थोकरले ह्याट्रिक सहित ४, रश्मी कुमार घिसिङले २ र दिलकुमारी राना मगरले १ गोल गरिन् ।छात्रातर्फ सेतीदेवी सार्दाले श्री शंकर स्वरस्वती स्कुललाई पेनाल्टी सुटआउटममा ३–२ ले पराजित गर्दै तेस्रो स्थान हात पार्यो ।

                                     

1. सहभागी टिमहरू

  • श्री भानुभक्त मेमोरियल स्कुल
  • श्री स्कोलर्स होम इंग्लिस बोर्डिङ स्कुल
  • श्री सेतीदेवि मा.वि.
  • श्री बाल सिर्जनालय मा.वि.
  • श्री दुर्गा मा.वि.
  • श्री भुम्रे मा.वि.
  • श्री सरस्वती स्कुल
  • श्री शंकर मा.वि.
  • श्री एभरेष्ट मा.वि.
  • श्री सिर्जनालय मा.वि.