Back

ⓘ विशाल स्मृति गोल्डकप




                                     

ⓘ विशाल स्मृति गोल्डकप

विशाल स्मृति गोल्डकप नेपालको विरगञ्ज जिल्लामा आयोजना हुने फुटबल प्रतियोगिता हो । यस प्रतियोगिताको सुरूवाट वि.स. २०७४ साल देखि भएको थियो । यस प्रतियोगिता वीरगञ्जको नारायणी रङ्गशाला मा आयोजना हुने गर्दछ ।

                                     

1. इतिहास

यस फुटबल प्रतियोगिताको सुरूवाट वि.स. २०७४ सालबाट भएको थियो । यो प्रतियोगिता विशाल मेमोरियल फाउण्डेशनले आयोजना गरेको हो । निकै नै जीर्ण नारायणी रंगशालामा खेलाडीको मात्र नभएर सम्पूर्ण फुटबल खेल प्रेमीहरूको समेत ध्यान जाओस् र राज्यका जिम्मेवार तहमा हुने व्यक्तिहरूमा दबाब सिर्जना होस्, भन्ने उद्देश्य सहित पूर्व राष्ट्रिय खेलाडी विशालजंग राणाको स्मृतिमा २०७४ सालबमट प्रतियोगिता सुरु गरिएको थियो।