Back

ⓘ टुँडिखेल




टुँडिखेल
                                     

ⓘ टुँडिखेल

कुनै बखत त्यो चउरमा ‘टुँडिल’ नामकी देवी थिइन्। काठमाडौँको स्थानीय भाषामा चउरलाई ‘ख्य’ भनिने हुनाले, उनै टुँडिल देवीको चउर ‘टुँडी ख्य’ हुँदै टुँडिखेल रहन गएको हो । अर्को किम्वदन्ती अनुसार इटुमबहास्का केशचन्द्रको लामो कथा छ। कुनै बखत केशचन्द्रको विलौना सुनेर परेवाले बिस्टाएका सुनलाई गुरुमापा नामको राक्षसद्वारा बोकाइ सहरभित्र छिराएका थिए। गुरुमापाले सहरभित्र छिरेपछि स्वभावअनुसार उपद्रव गर्न बाँकी राखेन। तर सहरवासीले त्यसो गर्न नदिई त्यो राक्षसलाई सहरभन्दा बाहिरको ठूलो चउरमा बसाउन योजना बुने। उसलाई मनाउन फागु पूर्णिमाको दिन सहरबाहिरको त्यो चउरमा आई वर्षको एकपटक एउटा राँगोको मासु र दस पाथी चामलको भात ख्वाउने कबुल गरियो। गुरुमापालाई पनि त्यो कुरा मञ्जुरी भयो। यसरी त्यो राक्षसलाई राखिएको चउरलाई कसैले ‘तिनिख्यस्’ पनि भनेका छन्। जुन अहिलेको टुँडिखेल हो। यो किंवदन्तीबाट टुँडिखेललाई राक्षसको आँगन भन्ने बुझियो। तर पछि परेड खेल्ने गरी राज्यको आँगन बन्न पुग्यो।