Back

ⓘ अक्टोबर क्रान्ति




अक्टोबर क्रान्ति
                                     

ⓘ अक्टोबर क्रान्ति

रूसको महान अक्टोबर समाजवादी क्रान्ति - सन् १९१७ मा रूसमा भएको क्रान्ति, जसको कारण रूसी रोमानोभ वंशको तीन सय वर्षको राजतन्त्रको का अन्त भयो र संसारको इतिहासमा मजदूर किसानको पहिलो राज्य - सोवियत सङ्घ को स्थापना भयो।

सन् १९९१ मा साम्यवादी सोवियत सङ्घ विखण्डित भयो । आज यस क्षेत्र १५ अलग पूँजीवादी राज्य छन्।

                                     

1. क्रान्तिको घटना-वर्णन

फेब्रुअरी क्रान्ति

सन् १९१७ को फेब्रुअरीमा रूसमा पूँजीवादी क्रान्ति भयो र रूसी राजसत्ता अस्थायी सरकारलाई, पूँजीवादी अधिनायकत्वको उस संस्थाको हातमा गयो जो रूसी राज्यको शासन-मशीनलाई काबुमा लिएका थिए।

                                     

1.1. क्रान्तिको घटना-वर्णन योजना

१० अक्टोबर १९१७ मा २३ अक्टोबर, न्यु स्टाइल, बोल्सेभिक केन्द्रिय कमिटीले "शसस्त्र विद्रोह अपरिहार्य रहेको" कुरा १०-२ मतले पास गर्यो। कमिटीको बैठकमा लेनिन्सले रसियाका जनताहरु "सशस्त्र आन्दोलनको लामो प्रतीक्षा गरिरहेको र यो बोल्सेभिकले सत्ता लिने समय भएको" कुरा बताए। लेनिनले सशस्त्र विद्रोह सफल हुने विश्वास व्यक्त गरे।बोल्सेभिकले सोभियत प्रमुख लियोन ट्रोट्स्कीको नेतृत्वमा क्रान्तिकारी सैन्य कमिटी बनायो। यस कमिटीमा सशस्त्र कामदार तथा सैनिक थिए। कमिटीले सहरका रणनीतिक स्थानहरु आफ्नो तयारीलाई गोप्य राख्दै कब्जा गर्ने योजना बनायो। अन्तरिम सरकारका प्रमुख करेन्स्की स्वयं कामेनेभ र जिनोविभको सुराकीले यी सबै विस्तृत जानकार थिए।

                                     

1.2. क्रान्तिको घटना-वर्णन सुरुवात

२४ अक्टोबर ६ नोबेम्बर, न्यु स्टाइल को बिहान सबेरै, करेन्स्की सरकार प्रती बफादार एक सैनिक समुहले बोल्सेभिक पत्रिका रबोचिय पत नेपाली अनुवाद: मजदुरको बाटोको छापाखानामा पसेर प्रेस तथा छपाइ उपकरण र पत्रिका जफत र नष्ट गर्यो। लगत्तै सरकारले रबोचिय पत लगायत बामपन्थी पत्रिका सोलडत, र उग्र दक्षिणपन्थी पत्रिकाहरु "झिभो स्लोवो" र "नोभैया रस" तुरुन्तै बन्द गर्ने घोषणा गर्यो। यी पत्रिकाका सम्पादक तथा समाचार संकलकलाई अपराधिक मुद्दा लगाइयो र विद्रोहको आरोप लगाइयो।

त्यसको प्रतिक्रिया स्वरुप, बिहान ९ बजे बोल्सेभिक सैन्य क्रान्तिकारी कमिटीले सरकारको कदमको निन्दा गर्दै बक्तव्य जारी गर्यो। बिहान १० बजे बोल्सेभिक पक्षीय सेनाले "रबोचिय पत" छापाखाना आफ्नो कब्जामा ल्यायो। करेन्स्कीले करिब ३ बजे पेत्रोग्रादको सबै पुल कब्जामा लिन आदेश दिए प्रतिकृया व्यक्त गरे। त्यसपछि पुलहरु नियन्त्रण लिनको लागि सैन्य क्रान्तिकारी कमिटी सम्बद्ध लाल सेना र सरकार प्रति बफादार सेना बीच शृङ्खलाबद्ध झडप भए। करिब ५ बजे सम्ममा सैन्य क्रान्तिकारी कमिटीले केन्द्रिय टेलिग्राफ कब्जा गरी सहरको सम्पुर्ण सञ्चार प्रणाली बोल्सेभिकको नियन्त्रणमा गयो।

२५ अक्टोबर १९१७ मा ७ नोबेम्बर, न्यु स्टाइल बोल्सेभिकले पेत्रोग्राद हाल सेन्ट पिटर्सबर्ग; तत्कालीन रसियाको राजधानी मा करेन्स्की सरकार विरुद्ध आन्दोलन्को लागि नेतृत्व गर्यो। लाल सेना रेड गार्डले मुख्य सरकारी भवन, सुबिधा, मुख्य सञ्चार क्षेत्र, र मुख्य बिन्दु कब्जा गर्यो। पेट्रोग्राद ग्यारिसन र सहरका सैन्य टुकुडीले पनि विद्रोहमा सहभागीता जनाए। यो सशस्त्र आन्दोलन नियोजित र संगठित थियो। यसले राज्य सत्ता मजदुर तथा सैनिक मा हस्तान्तरण गर्यो।

कनेन्स्की र अन्तरिम सरकार आन्दोलन रोक्न असफल भए।

रेलमार्ग, रेल स्टेसन सोभियम मजदुर सैनिक को नियन्त्रण मा गरेकाले सरकारी अधिकारीको चाल बन्द भएको थियो। सरकारले कुनै गाडी राख्न सकेको थिएन। आन्दोलन सुरु भएपछि करेन्स्की स्सिन्य सहायताको अमेरिकी दूतावासबाट रेनल्ट गाडी सापट लिएर शीतकालीन दरबार तर्फ लागे।

करेन्स्कीले सहर छोडेपछी, लेनिन ले रसियाका नागरिक" हरूलाई सम्बोधन गरे कि सैन्य क्रान्तिकारी कमिटीले अन्तरिम सरकारलाई विस्थापित गर्यो।" यो घोषणा टेलिग्राफबाट रसिया भर प्रसार गरियो।



                                     

1.3. क्रान्तिको घटना-वर्णन शीत कालीन दरबार विन्टर प्यालेसमा आक्रमण

विन्टर प्यालेस मा ३,००० कार्यकर्ता, अधिकारी, र महिला सैनिक विरुद्धको अन्तिम आक्रमण रक्तहीन भयो। बोल्सेभिकले आक्रमण मा केही ढिलाइ भयो किनकी काम गर्ने हतियार भेटिएन। ६:१५ माp.m., एउटा ठूलो समुहले हतियार सहित दरबार छोड्यो। ८:०० बजे २०० अन्य ले दरबार छोडे।

दरबार भित्र अन्तरिम सरकारको के कस्तो कदम चाल्ने बहस भैरहेको समयमा, बोल्सेभिकले आत्मसमर्पण गर्न अल्टिमेटम दिए। मजदुर लाल सेना ले बाँकी रहेको अन्तिम एउटा टेलिग्रफ स्टेसन पनि कब्जा गरे र सहर बाहिर रहेको सरकार समर्थित सेना बीचको सञ्चार पनि काटे। रात छिप्पिदै गए पछि विद्रोही हरूले दरबार घेरे। राती ९:४५,क्रुजर अरोरा ले हार्बरबाट ब्ल्यांक सट प्रहार गर्यो. १०:२५ मा केही क्रान्तिकारीहरू दरबार भित्र प्रवेश गरे र ३ घण्टा पछि सबै भिड प्रवेश गर्यो।

२६ अक्टोबर को २:१० मा बोल्सेभिकले नियन्त्रण गर्यो। भित्र रहेका कार्यकर्ता र १४० महिला सैनिकले ४०,०००सँग लड्नु भन्दा आत्मसमर्पण गरे। अन्तरिम सरकारको क्याबिनेटले आत्मसमर्पण गर्यो र उनीहरूलाई पिटर एण्ड पल किल्लामा कैद गरियो।

उक्त सरकारको कैद नहुने व्यक्ति स्वयं करेन्स्की नै थिए जसले पहिले नै दरबार छोडिसकेका थिए।

पेट्रोग्राद सोभियत कब्जा मा आएपछी अखिल रूसी कंग्रेसको अधिवेशनमा यो खबर सुनाइयो कि अस्थायी सरकारको अन्तिम किल्ला शीत महल माथि कब्जा गरियो। केन्द्र मा र अन्य स्थानमा राज्यशासन सोवियतको हातमा आयो।

अक्टोबर क्रान्ति तत्कालीन रूसका किसान, सैनिक र श्रमिकहरूको बलमा भएको थियो। त्यहाँका मजदुर वर्ग संघर्षको लामो प्रक्रियाबाट गुज्रेका थिए र उनीहरूले बोल्सेभिक पार्टीको नेतृत्वमा आफ्ना क्रियाकलाप अगाडि बढाएका थिए।

अक्टोबर क्रान्तिले रूसी साम्राज्यभित्र बाहिरका देशका जनतालाई शोषण र अत्याचारबाट मुक्त नगरेको भए त्यो क्रान्तिले पूर्णता पाउन सक्ने थिएन। लेनिनको नेतृत्वको बोल्सेभिक पार्टीले जार शासनअन्तर्गत दबिएका राष्ट्रका नागरिकलाई आ-आफ्नै प्रकारले फल्न फुल्न दिने घोषणा गरेको हुँदा ती राष्ट्रका जनताले आफूखुसी सोभियत समाजवादी गणतन्त्रात्मक संघमा प्रवेश गरे।

                                     

2.1. परिणाम रुसी गृहयुद्ध

क्रान्तिलाई सर्वव्यापी मान्यता थिएन र यसपछी रुसी गृहयुद्ध १९१७-२२ संघर्ष को समना गर्नु पर्यो र १९२२ मा सोभियत सङ्घको निर्माण भयो।