Back

ⓘ लिजा एन




लिजा एन
                                     

ⓘ लिजा एन

लिसा एन एक अमेरिकी अश्लील चलचित्र अभिनेत्री तथा रेडियो व्यक्तित्व हुन्। उनले निर्देशक र प्रतिभा प्रतिनिधिको पनि रूपमा पनि काम गरेकी थिइन्। उनलाई विश्वमा सबैभन्दा लोकप्रिय अश्लील अभिनेत्रीको रूपमा लिइन्छ, र अलास्काका पूर्व गभर्नर सारा पालिनको नक्कल गर्दै ६ वटा वयस्क चलचित्र एक साङ्गीतिक भिडिओमा अभिनय गरेमा कारण उनले थप चर्चा बटुलेकी थिइन्। उनी एभिएन, एक्सआरसिओ, र अर्बन एक्सको हल अल फेमको सदस्य हुन्।

एनले सन् १९९४ मा वयस्क चलचित्र उद्योगमा प्रवेश गरेकी थिइन्। उद्योगमा एड्स रोग सर्खे डरले गर्दा उनले सन् १९९७ मा, प्रदर्शन गर्न छोडेकी थिइन्।, तथापि, फेब्रुअरी २००६ मा उनले पुन: प्रदर्शन गर्न सुरु गरेकी थिइन्। सन् २००८ मा, एनले रिपब्लिकनका उप राष्ट्रपति पदका उम्मेदवार सारा पालिनको नक्कल गर्दै "सराह पेलीन"को रूपमा हस्लर भिडिओज हुज नेलिन पेलिन नामक एक अश्लील चलचित्रमा अभिनय गरेकी थिइन्, जसलाई चुनावको दिन सार्वजनिक गरिएको थियो। उनको निर्देशनमा बनेको मिल्फ रिभोलुसन सन् २०१३ ले सन् २०१४ को एभिएन पुरस्कार प्राप्त गरेको थियो। डिसेम्बर २०१४ मा, उनले पोर्न स्टार बुट क्याम्प नामक एक परामर्श कम्पनीको सुरुवात गरेकी थिइन् भने यस पश्चात् उनले अश्लील चलचित्रमा अभिनय गर्नबाट अवकाश लिने घोषणा गरेकी थिइन्। उनको सामान्य जीवनमा फर्कने भागको रूपमा अवकाश लिए लगत्तै उनको स्तन घटाउने शल्यक्रिया भएको थियो। एनले सन् २०१८ मा वयस्क उद्योगमा उनको पुन: आगमनको घोषणा गर्दै र एभिल एन्जलसँग हस्ताक्षर गरेकी थिइन्।

अश्लील चलचित्रमा प्रदर्शन गर्न भन्द अगाडि एन मुख्य पर्दामा हावर्ड स्टर्न सो नामक एक टेलिभिजन कार्यक्रममा "स्नाप्पल गर्ल" को रूपमा देखा परेकी थिइन्। उनले सेप्टेम्बर २०१३ मा सार्वजनिक गरिएको भिडिओ खेल ग्रान्ड थेफ्ट अटो भिमा "प्रोस्टिच्युट# २" भनेर चिनिने एक पात्रलाई आवाज दिएकी थिइन्। एन सोटाइम टेलिभिजन सञ्जालको शृङ्खला बिलियन्सको चौथो संस्करणको सातौँ शृङ्खलामा पनि देखा परेकी थिइन्। सन् २०१३ मा, उनले सिरियस एक्सएममा स्ट्राइपर टाउन नामक एक कार्यक्रमको आयोजना गरेकी थिइन्। सन् २०१६ को सुरुवातमा, उनी फेन्टासी बेसबलमा संलग्न भएकी थिइन।

                                     

1.1. व्यावसायिक जीवन अश्लील चलचित्र

एन इस्टोन, पेन्सिलभेनियामा जन्मे र हुर्केिएकी थिइन्। उनले सन् १९९४ मा वयस्क चलचित्र उद्योगमा प्रवेश गरेकी थिइन्। उनको पहिलो कट्टर दृश्य फ्लेसफर फेन्टासी हो। अश्लील चलचित्रको सुरुका दुई वर्षको अवधिमा उनले मेट्रो/काल भिस्टासँग सम्झौता गरेकी थिइन् र प्रसिद्ध अश्‍लील कलाकार जोन ओरोर्कसँग प्रदर्शन गरेकी थिइन्। उनले उद्योगमा एड्स सर्ने डरले गर्दा सन् १९९७ मा अश्लील उद्योग छोडेकी थिइ् र निम्न सात वर्षे नर्तकको रूपमा व्यतीत गरेकी थिइन्। उनले फेब्रुअरी २००६ मा सुज रान्डलको लागि एक आग्रह पछि पुनः प्रदर्शन गर्ने निर्णय गरेकी थिइन्। उद्योगमा फर्किए पछि पहिलो दृश्यमा उनले अभिनेता क्रस्टियन एक्सएक्सएक्ससँग अभिनय गरेकी थिइन् जहाँ यसलाई ब्रा बस्टिन र डिप थ्रस्टिन नामकरण गरि सार्वजनिक गरिएको थियो। एक कलाकारको रूपमा कामको अतिरिक्त, उनीसँग चलचित्र निर्देशक, निर्माता, र श्रृङ्गारको लागि पनि श्रेय रहेको छ।

अप्रिल २०१० मा एक्सआरसीओ पुरस्कारको सह-आयोजको रूपमा चयन भएकी थिइन्। डिसेम्बर २०१४ मा, उनले फेसबुक जानकारी सार्वजनिक गर्दै अश्लील चलचित्र उद्योगबाट अवकाश लिने घोषणा गरेकी थिइन्। उनको सामान्य जीवनमा फर्कने भागको रूपमा अवकाश लिए लगत्तै उनको स्तन घटाउने शल्यक्रिया भएको थियो। एनले सन् २०१८ मा वयस्क उद्योगमा उनको पुन: आगमनको घोषणा गर्दै र एभिल एन्जलसँग हस्ताक्षर गरेकी थिइन्। उनको पहिलो दृश्य उनको वेबसाइट द लिजा गन डटकमको रहेको थियो जहाँ उनले पुरुष अश्‍लील चलचित्र कलाकार इसिआ म्याक्सवेलसँग अभिनय गरेकी थिइन्।

                                     

1.2. व्यावसायिक जीवन सराह पालिको प्रतिरूपण

सन् २००८ मा, एनले रिपब्लिकनका उप राष्ट्रपति पदका उम्मेदवार सारा पालिनको नक्कल गर्दै "सराह पेलीन"को रूपमा हस्लर भिडिओज हुज नेलिन पेलिन नामक एक अश्लील चलचित्रमा अभिनय गरेकी थिइन्, जसलाई चुनावको दिन सार्वजनिक गरिएको थियो। उनले अमेरिकी र्‍यापर एमिनेमको गीत "वि मेड मेड यु" को साङ्गीतिक भिडिओमा पालिनको रूपमा अभिनय गरेकी थिइन्। उनले पालिको रूपमा धेरै नृत्य गृहहरूकम समेत प्रदर्शन गरेकी थिइन्। यिनै उपस्थितिले उनलाई मुख्य पर्दामा अभिनय गर्नको लागि बाटो खुलाएको थियो।

                                     

1.3. व्यावसायिक जीवन निर्देशन

एनले निर्देशन गरेको पहिलो अश्लील चलचित्र भनेको हङ एक्सएक्सएक्स हो जहाँ यसलाई २२ सेप्टेम्बर २००९ मा, जस्टिन स्लेयरले सार्वजनिक गरेका थिए। अगस्त २०१३ मा, उनले आफ्नै उत्पादन कम्पनी, लिजा एन प्रोडक्सन्सको सुरुवात गर्दै जुलेस जोर्डनसँग वितरण सम्झौता हस्ताक्षर गरेकी थिइन्। उनको निर्देशनमा बनेको मिल्फ रिभोलुसन सन् २०१३ ले सन् २०१४ को एभिएन पुरस्कार प्राप्त गरेको थियो।

                                     

1.4. व्यावसायिक जीवन अन्य उद्यम

एनले सेप्टेम्बर २००५ र फेब्रुअरी २००६ को बीचमा, एलए डाइरेक्ट मोडल्सका लागि प्रतिभा प्रतिनिधिको रूपमा कार्य गरेकी थिइन्। उनका अनुसार, ३० वर्ष भन्दा बढी उमेर भएका वा उद्योग धेरै समय अगाडि देखि प्रदर्शन गर्ने महिलालाई अन्य प्रतिनिधिहरूले अस्वीकार गरेका कारण उनले आफ्नै एक आयोगको गठन तथा प्रतिनिधित्व गर्न प्रेरित गरेको बताएकी थिइन्। उनले नोभेम्बर २००६ मा क्लीयर ट्यालेन्ट म्यानेजमेन्टको सुरुवात गरेकी थिइन्, जसलाई पछि लिजा एन्स ट्यालेन्ट म्यानेजमेन्ट अनुवादित शीर्षक: लिजा एनको प्रतिभा प्रबन्धन नामकरण गरिएको थियो जुन पछि गएर जुलाई २०१० मा, विघटन हुनुपूर्व आडम ग्लासर्स लाइटहाउस एजेन्सी नामक संस्थामा गाभिएको थियो।

डिसेम्बर २००९ मा, एइबिएनद्वारा उत्पादित एक रियलटच नामक एक यान्त्रिक कृत्रिम योनीको प्रवक्ताको रूपमा हस्ताक्षर गरेकी थिइन्। उनले पछि सन् २०११ मा फ्लेसलाइटको एक प्रकारको कृतिम योनी लागि आफ्नै जननाङ्ग ढालेकी थिइन्।

सन् २०१३ मा, उनले सिरियस एक्सएममा स्ट्राइपर टाउन नामक एक कार्यक्रमको आयोजना गरेकी थिइन्। उनी हाल लिजा एन डज फेन्टासी र द मर्निङ मेनकी सह-आयोजक हुन् जहाँ यस कार्यक्रम क्रमश: सोमबार राति आडम रोनिसका साथ र बिहीबार बिहान प्रसारण हुने गर्दछ। यी दुबै कार्यक्रमहौ सिरियस एक्सएम रेडियोमा प्रसारण हुने गर्दछ।

डिसेम्बर २०१४ मा, एनले फेन्टासी फुटबलमा संलग्न हुँदै आफ्नो कार्यजीवनलाई अगाडि बढाउने बताएकी थिइन् भने जनवरी २०१६ मा, उनी फेन्टासी बेसबलमा पनि संलग्न भएकी थिइन्। १५ डिसेम्बर २०१५ मा, एनले द लाइफ शीर्षकमा एक संस्मरण जारी गरेकी थिइन्।



                                     

1.5. व्यावसायिक जीवन मार्गनिर्देशन

अगस्त २०१४ मा, एनले अश्लील चलचित्र अभिनेत्री बेले नोक्सलाई भेटेकी थिइन् जसलाई "ड्युक को अश्लील चलचित्र अभिनेत्री" को रूपमा पनि चिनिन्छ। उनको कम्पनी मार्फत, उनले नोक्सलाई पनि प्रतिनिधित्व गर्दछन्, जहाँ एनले "उनले कस्तो गरिरहेकी छिन्?" भन्ने बरे हेर्न चाहेको बताएकी थिइन्। लिजा एनले सन् २००५ देखि औसत १० देखि १५ युवतीहरूलाई मार्गनिर्देशन गरिरहेकी छिन्। एक्सबिजले गरेको एक अन्तर्वार्तामा, एनले नक्सले सामना गरेको सञ्चार माध्यमको ध्यान प्रति सहानुभूति व्यक्त गर्ने बताएकी थिइन्। सन् २०९८ मा, पूर्व उप राष्ट्रपति पदको उम्मेदवार सारा पालिनको भूमिकामा अभिनय गर्दा पनि उनले त्यस्तै अनुभव गरेको बताएकी थिइन्। डिसेम्बर २०१४ मा, उनले पोर्न स्टार स्टार बुट क्याम्प नामक एक परामर्श कम्पनीको सुरु गरेकी थिइन्।

                                     

2. वकालत

एन कुनै पनि राजनीतिक दलहरूसँग नजिक नहरेको बताइन्छ। अक्टोबर २००८, उनले अमेरिकी राष्ट्रपतीय चुनावका लागि बराक ओबामालाई मतदान गर्ने बताएकी थिइन् र उनी पहिला हिलारी क्लिन्टनको समर्थक थिइन्। उनले सन् २०१२ को राष्ट्रपति चुनावमा ओबामालाई फेरि समर्थन गरेकी थिइन्। एनले बन्दुकको अधिकारको लागि समर्थन व्यक्त गरेकी थिइन्।

मार्च २०१० मा, एन वयस्क सामग्रीको प्रतिलिपि अधिकार उल्लङ्घनको शीर्षकमा स्वतन्त्र भाषणको लागि सार्वजनिक सेवा घोषणामा देखा परेकी थिइन् जसलाई माइकल ह्वाइटएकरले निर्देशन गरेका थिए।

१४ अक्टोबर २०१० मा, एनले अश्लील चलचित्र उद्योगमा एक पुरुष कलाकारलाई एचआईभीको पहिचान भएपछि, केवल कन्डमको प्रयोग भएको दृश्यमा मात्र प्रदर्शन गर्ने बताएकी थिइन्। उनले यौन सङ्क्रमित मार्फत सर्ने रोगको परीक्षण प्रणाली उक्त समयमा त्यति पर्याप्त नभएको बताएकी थिइन् जसले अन्य प्रदर्शनकर्ताहरूलाई पनि छायाङ्कनको समयमा कन्डमको उपयोग गर्न प्रोत्साहित गरेको थियो। अगस्त २०१२ मा, उनले विपरीत लिङ्गी वयस्क चलचित्रहरूमा कन्डमको उपयोग कानूनको लागि आह्वान गरेकी थिइन् र उद्योग चिकित्सकहरूद्वारा कलाकारहरूको लागि भिरिङ्गी उपचारको मापदण्डमाथि प्रश्न उठाएकी थिइन्। अगस्त २०१३ मा, उनले उनीसँग काम गर्ने पुरुष कलाकारले हेपाटाइटिस सी सङ्क्रमण भएको हुन सक्ने आरोप लगाएकी थिइन्। पछि, वयस्क उत्पादन स्वास्थ्य तथा सुरक्षा सेवाहरूले १९ अगस्त, २०१३ मा मासिक हेपटाइटिस बी, हेपटाइटिस सी तथा अन्य यौनजन्य रोगको परीक्षण कार्यान्वयन गर्न सुरु गरेको थियो।

एनले उद्योगमा अश्वेत कलाकारहरूको व्यवहार उनीहरूलाई कामको अभावको बारेमा जानकारी सम्प्रेषण गर्दै अन्तरजातीय अश्‍लील सामग्रीलाई घृणा गर्न अभियान चलाएकी थिइन्। उनले कलाकारलाई निवृत्तिभरण, स्वास्थ्य बीमा, र जीवनलाई मार्गदर्शन दिँदै उद्योग परिवर्तन गर्नका लागि सहयोग गर्न चाहन्छिन्।



                                     

3. पुरस्कारहरू

लिजा एनलाई विश्वमा सर्वाधिक लोकप्रिय अश्लील चलचित्र अभिनेत्रीको रूपमा लिइन्छन् भने उनी सबैभन्दा सफल अश्लील चलचित्र अभिनेत्री समेत हुन्।

  • सन् २००७ आडम फिल्म वर्ल्ड गाइड पुरस्कार – वर्षको अश्लील चलचित्रमा उत्कृष्ट पुनरागमन
  • सन् २०१३ एक्सआरसिओ हल अफ फेममा चयन
  • सन् २०११ अर्बन एक्स पुरस्कार – उत्कृष्ट मिल्फ प्रदर्शनकर्ता
  • सन् २००९ एभिएन पुरस्कार – मिल्फ/कुगर वर्षको प्रदर्शनकर्ता
  • सन् २०१६ को एक्सबिज पुरस्कार – वर्षको उत्कृष्ट विदेशी अभिनेत्री
  • सन् २०१२ नाइटमुभ्स पुरस्कार – Best व्यक्तिगत वेबसाइट समर्थकको छनोट – द लिजाएन डटकम
  • सन् २०१२ अर्बन एक्स पुरस्कार – वर्षको मिल्फ प्रदर्शनकर्ता
  • सन् २०१४ नाइटमुभ्स पुरस्कार – उत्कृष्ट कुगर/मिल्फ प्रदर्शनकर्ता समर्थकको रछनोट
  • सन् २०१० एक्सआरसिओ पुरस्कार – वर्षको मिल्फ अभिनेत्री
  • सन् २०१२ नाइटमुभ्स पुरस्कार" – रउत्कृष्ट मिल्फ प्रदर्शनकर्ता समर्थकको छनोट
  • सन् २०१३ नाइटमुभ्स पुरस्कार – सामाजिक सञ्जाल व्यक्तित्व सम्पादकको छनोट
  • सन् २०१० फेम पुरस्कार – मनपर्दो मिल्फ अभिनेत्री
  • सन् २०११ एक्सबिज पुरस्कार – वर्षको उत्कृष्ट मिल्फ प्रदर्शनकर्ता
  • सन् २००९ एभिएन हल अफ फेममा चयनित
  • सन् २०१४ एभिएन पुरस्कार – कामुम मिल्फ समर्थक पुरस्कार
  • सन् २०१० एक्सफ्यान्ज पुरस्कार – वर्षको मिल्फ प्रदर्शनकर्ता
  • सन् २००७ एक्सआरसिओ पुरस्कार – उत्कृष्ट पुनरागमन
  • सन् २०११ अर्बन एक्स हल अफ फेममा चयन