Back

ⓘ रानी रत्न राज्यलक्ष्मी देवी शाह




रानी रत्न राज्यलक्ष्मी देवी शाह
                                     

ⓘ रानी रत्न राज्यलक्ष्मी देवी शाह

रत्न राज्य लक्ष्मी देवी शाह २०११ देखि २०२८ सम्म नेपाल को बडामहारानी तथा २०२८ देखि २०६५ सम्म मुमा बडामहारानी हुन् । उनी राजा महेन्द्र वीर विक्रम शाह को दोश्रो पत्नी थिइन् । काठमाडौंको रत्नपार्क उनकै नाममा बनेको हो।

                                     

1. जीवन

रत्नको दिदी इन्द्रको १९९६ मा युवराज महेन्द्रसँग विवाह भएको थियो तर १८ भदौ ००७ मा इन्द्रकोमृत्यु भयो। दुई वर्ष पछि, रत्नले महेन्द्रसँग विवाह गरे । विवाह पछि थप छोराछोरी नजन्माउन उनले बन्ध्याकरण गरेकी थिइन्। महेन्द्रको पहिले नै इन्द्रबाट, तीन छोरा र तीन छोरी पैदा भएका थिए। महेन्द्रका बुबा राजा त्रिभुवन २०११ मा मृत्यु भएपछि युवराज महेन्द्र राजा र उनी रानी भए।

२०२८ मा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने बेलामा हृदयघातबाट दियालो बङ्गला राजा महेन्द्रको मृत्यु भयो । उनका जेठा छोरा, युवराज बिरेन्द्र राजा भए र रत्न मुमामहरानी भए। रत्न अर्थ "गहना" हुन्छ.

२०५८ जेठ १९ को रात जब दरवार हत्याकाण्ड भयो - मुमा बडामहारानी देवरानी राजकुमारी हेलेन शाह सँग बसिरहेकि थिइन् र उनीहरू बेग्लै कोठमा बसेका हुनाले यसरी बाँचेका थिए। दुई महिलाले गोलीबारी सुने तर यसलाई केही गम्भीर मानेनन्, सामान्य ठाने। केही मिनेट पछि, अधिराजकुमार पारस आए र युवराज दिपेन्द्रले राजा बिरेन्द्र सहित सबैलाई गोलि प्रहार गरेको कुरा बताए।

संविधान सभा निर्वाचन २०६४ पछी नेपालमा २०६५ सालमा राजतन्त्र अन्त्य भयो । राजपरिवारको सबै सदस्यहरु नारायणहिटी दरवार, छोड्नु पर्ने भयो तर मुमा रानी रत्नलाई महेन्द्र मञ्जिलमा रहन अनुमति दिइयो ।

                                     

2. प्रशस्ति

स्वस्तिश्रि ओजस्विराजन्य महा गौरवमय तेजस्वी त्रिभुवन प्रजातन्त्र श्रीपद मह उज्ज्वल किर्तिमय नेपाल श्रीषद श्री श्री श्री श्री श्रीमन्महारजधिराज पट्ट राज्ञी बडा महारानी रत्न राज्य लक्ष्मी शाह सदा सौभाग्यवती नाम् ।

                                     

3. शीर्षक र शैलीहरू

  • २०११-२०२८: श्री ५ बडामहारानी
  • २००८-२०११: श्री ५ युवराज्ञी
  • १९-२३ जेठ २०५८
  • २०२८-२०५८: श्री ५ मुमा बडामहारानी
  • १९८५-२००८: रत्न राज्य लक्ष्मी देवी
  • २०६५– वर्तमान: श्री ५ मुमा बडामहारानी titular
  • २३ जेठ २०५८-२०६५: श्री ५ मुमा बडामहारानी
                                     

4. सम्मान

राष्ट्रिय सम्मान

  • ओजस्वी राज्य
  • राजा ज्ञानेन्द्र राज्याभिषेक पदक
  • नेपाल प्रताप भास्कर वि.सं २०२३ पौष १०.
  • अति सुविख्यात सेवालंकार
  • ॐ राम पट्ट पहिलो श्रेणी
  • नेपाल श्रीपद, पहिलो श्रेणी वि.सं २०१९ पौष १
  • राजा बिरेन्द्र राज्याभिषेक पदक
  • त्रिभुवन प्रजातन्त्र श्रीपद, पहिलो श्रेणी वि.सं २०१३ बैशाख २०
  • राजा बिरेन्द्रको गद्दी आरोहण रजत जयन्ति पदक
  • राजा महेन्द्र राज्याभिषेक पदक